back
CTIZAN AD

पर्यटक लोभ्याउने ‘ठूली दह’

वि.सं.२०८३ असार ३० मंगलवार

294 

shares

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ ।

मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ । रुकुमपश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुमपूर्वबाट समेत मानिस त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।

चारैतिर अग्ला डाँडाहरूले घेरेको हरियाली मैदानको बीच भागमा रहेको दहले त्यहाँको प्राकृतिक सुन्दरतालाई झन् आकर्षक बनाएको छ । जङ्गलको बीचमा खुला मैदान र बीच भागमा पानी जमेर बनेको निलो दहले त्यस क्षेत्रमा पुग्नेलाई बेग्लै अनुभूति दिने गरेको ठूली दह घुम्न आएका आन्तरिक पर्यटक यामराज केसीले बताए । वर्षात्को समयमा ठूली दह पानीले भरिभराउ छ । पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिने गरेको छ । आकाशको निलो रङ दहमा प्रतिविम्बित हुँदा यहाँको सौन्दर्य अझ लोभलाग्दो बन्ने गरेको छ ।

जेठको पहिलो सातादेखि दह क्षेत्रभरि फुल्ने बुकी फूल यहाँको अर्को विशेष आकर्षण हो । सेताम्मे बुकी फूल फुलेपछि दह क्षेत्र अझ रमणीय बन्ने गरेको पाइन्छ । बुकी फूलसँगै फोटो तथा भिडियो खिच्न आउने युवाको सङ्ख्या बढ्ने गरेको छ । सामाजिक सञ्जालमा त्यहाँका दृश्यहरू भाइरल हुन थालेपछि ठूली दहप्रति चासो बढ्दै गएको स्थानीय हुकुमबहादु पाण्डेले बताए ।

स्थानीय पाण्डे भने “व्यवस्थित बाटो, दह नपुग्दै थकाइ मार्न बीच भाग र आसपासका प्रतिक्षालयले आन्तरिक पर्यटकलाई थप सहज भएको छ, पछिल्लो समय स्थानीय सरकारले पनि ठूली दहलाई चासो दिएको देखिन्छ ।”

केही घण्टाको पैदलयात्रा जङ्गलको बाटो हुँद

ै दहसम्म पुग्दा पाइने रोमाञ्चक अनुभवले थकान बिर्साउने गरेको उहाँहरूको अनुभव छ । वर्षायाममा प्रशस्त पानी भए पनि गर्मीयाममा दह सुक्खाजस्तो देखिने र खानेपानीको समस्या हुने गरेको छ । मुसिकोट नगरपालिका तथा वडा कार्यालय त्यसलाई सम्बोधन गर्न लागिपरेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो । पालिकाले बर्षात्को पानीको पानी जम्मा गर्न दह नजिकै ट्याङ्की थप प्रतीक्षालय निर्माण गर्दैछ । पर्यटकको सुविधाका लागि केही भौतिक संरचना निर्माणसमेत गरिएको छ ।

“केही वर्षअघिसम्म ठूली दहबारे धेरै मानिसलाई जानकारी थिएन । स्थानीय बासिन्दा र गोठालाहरूबाहेक कमै मानिस यहाँ पुग्ने गर्थे । तर अहिले सामाजिक सञ्जाल, भिडियो सामग्री तथा विभिन्न माध्यमबाट प्रचार हुन थालेपछि यहाँ आउनेको सङ्ख्या बढ्न थालेको छ ।

जङ्गलको बीचमा चराचुरुङ्गीको आवाज, हरियाली मैदान र शीतल हावाले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउने छ । पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित गर्न सके स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने देखिएको छ । त्यहाँ पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय उत्पादन बिक्री, होटल व्यवसाय तथा रोजगारीका अवसर सृजना हुने स्थानीयको भनाइ छ ।

पछिल्लो समय स्थानीय युवाले पनि दह क्षेत्रलाई प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा चासो देखाउनसमेत थालेका छन् । ठूली दह केवल एउटा दहमात्र नभई महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको छ । प्रकृतिको अनुपम उपहारका रूपमा रहेको त्यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय विकास गर्न सके आगामी दिनमा कर्णाली प्रदेशकै एक प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ ।

फोहर व्यववस्थापनमा समस्या

त्यस क्षेत्रमा पर्यटकको चहलपहल वृद्धि भएपछि प्रदूषणसमेत बढ्न थालेको छ । त्यस क्षेत्रको भ्रमणमा पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहर जथाभावी फाल्ने प्रवृत्तिले फोहर थुप्रिन थालेको छ । त्यसबाट प्रदूषण बढेको छ । चरिचरनका लागि समेत साँखवासीको प्रमुख स्थल भएकाले फोहरका कारण वातावरणसँगै पशु चौपायाको स्वास्थ्यमा समेत असर पर्ने स्थानीय बताउँछन् । ठूली दह मध्यपहाडी लोकमार्गको साँख खण्डको बैरी दहबाट पैदल सहजै पुग्न सकिनेछ । बैरी दहसम्म सवारीमार्फत पुग्न सकिने र त्यसपछि करिब एक घण्टाको पैदलयात्रामा ठूली दह पुगिने स्थानीयको भनाइ छ ।

आधारभूत सुविधा अभावको गुनोसो

दह आसपासमा पर्यटकका लागि आधारभूत सुविधा अभाव रहेको गुनासो पाइएको छ । पर्यटकका लागि जेठमासको समयमा शुद्ध पिउने पानीको समस्या तथा वर्षात् पानीबाट ओत लाग्ने ठाउँको अभाव रहेको त्यहाँ घुम्न पुगेको पर्यटकको भनाइ छ । तथापि, नगरपालिका तथा वडा कार्यालयले पछिल्लो समय यस क्षेत्रको संरक्षण र पर्यटन प्रवद्र्धनमा चासो भने देखाउन थालेका छन् । स्थानीय सरकारको सक्रियतासँगै ठूली दहलाई व्यवस्थित आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके ठूली दह रुकुमपश्चिमको मात्र नभएर कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।
–––पर्यटक लोभ्याउने ‘ठूली दह’
त्रिवेणी (रुकुमपश्चिम) ३० असारः मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ ।

मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ । रुकुमपश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुमपूर्वबाट समेत मानिस त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।

चारैतिर अग्ला डाँडाहरूले घेरेको हरियाली मैदानको बीच भागमा रहेको दहले त्यहाँको प्राकृतिक सुन्दरतालाई झन् आकर्षक बनाएको छ । जङ्गलको बीचमा खुला मैदान र बीच भागमा पानी जमेर बनेको निलो दहले त्यस क्षेत्रमा पुग्नेलाई बेग्लै अनुभूति दिने गरेको ठूली दह घुम्न आउनुभएका आन्तरिक पर्यटक यामराज केसीले बताउनुभयो । वर्षात्को समयमा ठूली दह पानीले भरिभराउ छ । पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिने गरेको छ । आकाशको निलो रङ दहमा प्रतिविम्बित हुँदा यहाँको सौन्दर्य अझ लोभलाग्दो बन्ने गरेको छ ।

जेठको पहिलो सातादेखि दह क्षेत्रभरि फुल्ने बुकी फूल यहाँको अर्को विशेष आकर्षण हो । सेताम्मे बुकी फूल फुलेपछि दह क्षेत्र अझ रमणीय बन्ने गरेको पाइन्छ । बुकी फूलसँगै फोटो तथा भिडियो खिच्न आउने युवाको सङ्ख्या बढ्ने गरेको छ । सामाजिक सञ्जालमा त्यहाँका दृश्यहरू भाइरल हुन थालेपछि ठूली दहप्रति चासो बढ्दै गएको स्थानीय हुकुमबहादु पाण्डेले बताउनुभयो ।

स्थानीय पाण्डे भन्नुभयो “व्यवस्थित बाटो, दह नपुग्दै थकाइ मार्न बीच भाग र आसपासका प्रतिक्षालयले आन्तरिक पर्यटकलाई थप सहज भएको छ, पछिल्लो समय स्थानीय सरकारले पनि ठूली दहलाई चासो दिएको देखिन्छ ।”

केही घण्टाको पैदलयात्रा जङ्गलको बाटो हुँदै दहसम्म पुग्दा पाइने रोमाञ्चक अनुभवले थकान बिर्साउने गरेको उहाँहरूको अनुभव छ । वर्षायाममा प्रशस्त पानी भए पनि गर्मीयाममा दह सुक्खाजस्तो देखिने र खानेपानीको समस्या हुने गरेको छ । मुसिकोट नगरपालिका तथा वडा कार्यालय त्यसलाई सम्बोधन गर्न लागिपरेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो । पालिकाले बर्षात्को पानीको पानी जम्मा गर्न दह नजिकै ट्याङ्की थप प्रतीक्षालय निर्माण गर्दैछ । पर्यटकको सुविधाका लागि केही भौतिक संरचना निर्माणसमेत गरिएको छ ।

“केही वर्षअघिसम्म ठूली दहबारे धेरै मानिसलाई जानकारी थिएन । स्थानीय बासिन्दा र गोठालाहरूबाहेक कमै मानिस यहाँ पुग्ने गर्थे । तर अहिले सामाजिक सञ्जाल, भिडियो सामग्री तथा विभिन्न माध्यमबाट प्रचार हुन थालेपछि यहाँ आउनेको सङ्ख्या बढ्न थालेको छ ।

जङ्गलको बीचमा चराचुरुङ्गीको आवाज, हरियाली मैदान र शीतल हावाले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउने छ । पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित गर्न सके स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने देखिएको छ । त्यहाँ पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय उत्पादन बिक्री, होटल व्यवसाय तथा रोजगारीका अवसर सृजना हुने स्थानीयको भनाइ छ ।

पछिल्लो समय स्थानीय युवाले पनि दह क्षेत्रलाई प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा चासो देखाउनसमेत थालेका छन् । ठूली दह केवल एउटा दहमात्र नभई महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको छ । प्रकृतिको अनुपम उपहारका रूपमा रहेको त्यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय विकास गर्न सके आगामी दिनमा कर्णाली प्रदेशकै एक प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ ।

फोहर व्यववस्थापनमा समस्या

त्यस क्षेत्रमा पर्यटकको चहलपहल वृद्धि भएपछि प्रदूषणसमेत बढ्न थालेको छ । त्यस क्षेत्रको भ्रमणमा पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहर जथाभावी फाल्ने प्रवृत्तिले फोहर थुप्रिन थालेको छ । त्यसबाट प्रदूषण बढेको छ । चरिचरनका लागि समेत साँखवासीको प्रमुख स्थल भएकाले फोहरका कारण वातावरणसँगै पशु चौपायाको स्वास्थ्यमा समेत असर पर्ने स्थानीय बताउँछन् । ठूली दह मध्यपहाडी लोकमार्गको साँख खण्डको बैरी दहबाट पैदल सहजै पुग्न सकिनेछ । बैरी दहसम्म सवारीमार्फत पुग्न सकिने र त्यसपछि करिब एक घण्टाको पैदलयात्रामा ठूली दह पुगिने स्थानीयको भनाइ छ ।

आधारभूत सुविधा अभावको गुनोसो

दह आसपासमा पर्यटकका लागि आधारभूत सुविधा अभाव रहेको गुनासो पाइएको छ । पर्यटकका लागि जेठमासको समयमा शुद्ध पिउने पानीको समस्या तथा वर्षात् पानीबाट ओत लाग्ने ठाउँको अभाव रहेको त्यहाँ घुम्न पुगेको पर्यटकको भनाइ छ । तथापि, नगरपालिका तथा वडा कार्यालयले पछिल्लो समय यस क्षेत्रको संरक्षण र पर्यटन प्रवद्र्धनमा चासो भने देखाउन थालेका छन् । स्थानीय सरकारको सक्रियतासँगै ठूली दहलाई व्यवस्थित आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके ठूली दह रुकुमपश्चिमको मात्र नभएर कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।
–––

वि.सं.२०८३ असार ३० मंगलवार १७:२९ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...