back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ११ शनिवार

675 

shares

११ पुस, काठमाडौं । नेपालमा शनिबार (११ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ५ हजार ८२६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ४३४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६ हजार ७४९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ४०० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ३४९ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२८ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १३, प्रदेश २ मा ५, बागमती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ७२, लुम्बिनी प्रदेशमा ४४, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ३ जना गरी जम्मा २२८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा २ जना तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १÷१ जना गरी जम्मा ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६९ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मुगु र रुकुमपश्चिम रहेका छन् ।

त्यस्तै आज थपिएका ५०० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । साथै आज ८४० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१९ पुगेको छ ।

नेपालमा आज ५०० जनामा कोरोना संक्रमण, ८४० जना निको, ३ जनाको मृत्यु
नेपालमा आज ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ४३४ नमुना परीक्षणमा उपत्यकाका २६७ जनासहित देशैभरी ५०० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २१३ र २८७ जना पुरुष रहेका छन् ।

आज थपिएका ५०० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८४० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८४० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । निको हुनेको यो दर ९६.७ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१९ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ हजार ११९ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ८६, प्रदेश २ मा ३१, बागमती प्रदेशमा १५०९ गण्डकी प्रदेशमा ५०३, लुम्बिनी प्रदेशमा ७३७, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा ३९३ जना गरी ३ हजार ३४९ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ४०० जनाको उपचार भइरहेको छ ।

वि.सं.२०७७ पुस ११ शनिवार १८:४२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...