back
CTIZAN AD

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

वि.सं.२०८३ जेठ २७ बुधवार

273 

shares

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ ।

आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बिमा गरिदिएको हो ।

दैनिक जीविकोपार्जनमै सङ्घर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बिमा सुविधा उपलब्ध गराइएको हो ।

वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियानअन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताए । “दुर्घटना वा अन्य अप्रत्यासित घटनाले विपन्न परिवारलाई झन् ठूलो समस्यामा पार्ने गर्दछ । त्यस्ता परिवारलाई न्यूनतम आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले जीवन बिमा कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने ।

म्यादी जीवन बिमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक रु २५० बिमा शुल्कमा रु एक लाखसम्म उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले रु एक लाख ५० हजारसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० हजार बजेट विनियोजन गरेको थियो ।

न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताए । वडाले बिमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बिमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

सहभागीलाई बिमाले आकस्मिक जोखिम व्यवस्थापन, परिवारको भविष्य सुरक्षा तथा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुर्याउने विषयमा जानकारी दिइएको थियो ।

बिमा सेवाबाट वञ्चित समुदायलाई सुरक्षाकवच प्रदान गर्ने भएकाले अन्य वडालाई यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने विश्वास गरिएको वडाध्यक्ष बास्तोला बताउँछन् ।

वि.सं.२०८३ जेठ २७ बुधवार १४:२६ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...