back
CTIZAN AD

विप्लवका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा गोली हानाहान

वि.सं.२०७७ पुस १२ आइतवार

699 

shares

पुस १२, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच संखुवासभाको चैनपुरमा गोली हानाहान भएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार चैनपुर–४ स्थित मैदानेमा विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि विप्लवका कार्यकर्ताले लक्षित गरि फायरिङ्ग गरेका थिए । विप्लवका कार्यकर्ताको फायरिङ्गपछि प्रहरीले जवाफी फायरिङ्ग गरेको आचार्यले जनाए ।

‘जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष गस्ती देखेपछि विप्लव समुहबाट फायरिङ्ग भयो, उनीहरुको फायरिङ्ग पछि दोहोरो फायरिङ्ग भयो’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘उनीहरु फायरिङ्ग गर्दै भाग्न सफल भए ।’

उनका अनुसार उक्त ठाउँमा विप्लवका जिल्ला इन्चार्ज रहेको विशेष जानकारीको आधारमा जिल्ला प्रहरीको टोली खोजीमा लागेको थियो । तर, उनीहरु फायरिङ्ग गर्दै भाग्न सफल भए ।

वि.सं.२०७७ पुस १२ आइतवार १९:०७ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...