back
CTIZAN AD

पाइपलाइनबाट साढे एक अर्ब बचत, नाफामा निगम

वि.सं.२०७७ पुस १६ बिहीवार

747 

shares

१६ पुस, काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

पाँच वर्षदेखि नाफामा

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि ९पाँच वर्ष यता० नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।रासस

वि.सं.२०७७ पुस १६ बिहीवार १९:१६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...