back
CTIZAN AD

नेपाल नरकापुर बन्दै गएको छ

वि.सं.२०७७ पुस १७ शुक्रवार

747 

shares

काखको बच्चा एक्कासी कडा ज्वरो आएर बिरामी पर्दा निरक्षर अनपढ आमाले पनि म डाक्टर होईन, केही गर्न सक्दिन, जान्दिन भनेर त्यतिकै बस्छ र ? आमाले मायाले आफूले जानेको बेसार, निम, तुलसी, टिमुर, ज्वानो, मरिच जे जे उपलब्ध छन्, पकाएर, औषधि बनाएर खुवाई हाल्छिन्। बच्चा पनि विस्तारै सन्चो पनि हुन थाल्छ। म डाक्टर होईन भनेर आमाले प्राणप्रिय बच्चालाई त्यतिकै कष्टकर अवस्थामा कुनै हालतमा पनि रहन दिदैनिन्।

मुलुकको शासन ब्यवस्थामा ज्वरो आई बिमारी पर्दा सबै जनताले आफू बिज्ञ भए पनि, नभए पनि आमाले जस्तैगरी त्यस्तै बेसार, टिमुर, ज्वानो, मरिच पकाएर खुवाउनुपर्छ। जान्दिन भनेर चुप लागेर बस्नु हुदैन। डाक्टर आउला, हेर्ला, उपचार गर्ला भनेर पर्खेदै हात बॉधेर बसेमा डाक्टर आईपुग्दासम्म बच्चा मर्न पनि सक्छ।

बिकृतिका सर्जक वा जनकहरू, पात्रहरू, खेलाडीहरू यिनै नेता, तिनका कार्यकर्ता, आफन्त, समर्थक, भातृ संगठन, चन्दादाता, उद्योगी, ब्यापारी, कथित प्रिरपोष्टपेड दलीय बुद्धिजीबीहरू वा विद्वानहरू नै हुन्। तिनकै कब्जामा मुलुक पालैपालो निरन्तर छ। आफन्तहरूको घेराउमा यसरी घेरिएर होलसेलमा शासन प्रशासन बिकृत बनेपछि, परेपछि यसको समाधान चानचुने तरिकाले हुने कुरै छैन। महाभारतको कथामा जस्तो नितेदार-नातेदारबीच मै टोटल वारको धर्म युद्धबाहेक अब अरू कुरै समाधान पनि संभव छैन।

तपाई हामी कसैले पनि यो दुनियॉको सबै ठेक्का लिएका छैनौं, लिन संभव पनि छैन। तर हाम्रा अगाडी यदि कोही पीडित वा अति दुस्ख पाएको, आर्थिक रूपमा अति कमजोर, अति बेरोजगार, गरिब ब्यक्ति जम्का भेट भयो वा उसले दुःख पाएकोले तपाई हामीसंग सहयोगको याचना गर्यो भने वा देखियो भने त्यसबेला कुनै अन्य कुरा सोच्दै नसोची, तत्काल आफूले जे जति सकेको सहयोग दिईहाल्नुपर्छ। मैले मात्र गरेर के हुन्छ र ? कतिलाई यसरी गरिसाध्य हुन्छ र ? यस्ता सयौँ हजारौँ छन् कहॉ गरिसाध्य लाग्छ र भन्नु करूणाहिन बन्दै गरेको लक्षण हुन्छ। दान गर्न नसकेको धन, ज्ञान र शक्ति बेकार हुन्छ। त्यसले अन्तत: पछि आफैलाई पिर्ने गर्छ। अरूलाई कष्ट दिन सक्छ।

जति जति पछि नेपालमा नयॉ नयॉ सरकारहरू आउदै गर्छन्, तिनलाई त्यति त्यति काम गर्न झन् झन् बढी कठिन हुदै जाने र फलामको च्युरा चपाउनु पर्ने हुदै गर्छ। किनभने मुलुकको विगत अथाह बिगारी सकिएको छ। बिकृतिका रोगहरू धेरै क्रोनिक भएर छिप्पिदै गई राजकीय शरीरका सबै अंगमा र अन्य भागहरूमा पनि सुनामी संक्रमण भएको छ र त्यो क्रम जारी छ। यो भन्दा डरलाग्दो कुरा त ती बिकृतिका सर्जक वा जनकहरू, पात्रहरू, खेलाडीहरू यिनै नेता, तिनका कार्यकर्ता, आफन्त, समर्थक, भातृ संगठन, चन्दादाता, उद्योगी, ब्यापारी, कथित प्रिरपोष्टपेड दलीय बुद्धिजीबीहरू वा विद्वानहरू नै हुन्। तिनकै कब्जामा मुलुक पालैपालो निरन्तर छ। आफन्तहरूको घेराउमा यसरी घेरिएर होलसेलमा शासन प्रशासन बिकृत बनेपछि, परेपछि यसको समाधान चानचुने तरिकाले हुने कुरै छैन। महाभारतको कथामा जस्तो नितेदार-नातेदारबीच मै टोटल वारको धर्म युद्धबाहेक अब अरू कुरै समाधान पनि संभव छैन।

कुनै मानिसले समाज वा मुलुकका लागि कुनै गाह्रो वा असंभव प्रतीत काम गर्छु भनेर अघि बढ्यो भने सबैले सहयोग र समर्थन गर्नुपर्छ, म त्यही गर्ने गर्छु। मैले गर्न नसक्दैमा अरूले गर्न सक्दैन भन्दिन। तर, मैले गर्न सक्छु भने अरूले पनि गर्न सक्छन् भन्ठान्छु।

ईमानदार, लगनशील भएर लागिपर्नु मात्र हाम्रो हातमा छ। नतिजा सबै आफ्नो हातमा हुदैन, छैन। कसैको ईमानदार प्रयत्ननै सबैभन्दा स्तुत्य रहन्छ। सही नतिजा निस्कन धेरै पात्र, तत्वहरूको समन्वय, सहयोग, सहकार्य वा अनुकूल समयको हात हुने गर्छ। कसैले केही गरेन भने केही हुनेवाला छैन। तर कसैले केही गर्यो भने पनि हुन्छ भन्ने चैँ हुदैन। त्यसैले केही गर्न पवित्र मनसायले अघि सर्नेहरू नै महान हुन्। ती नै मानवजाति, समाज र मुलुकका जिम्मेवार ब्यक्ति हुन्।

प्रयत्नमा मात्र हाम्रो अधिकार छ, नतिजामा कसैको अधिकार हुदैन। पवित्र भलाईका काममा प्रयत्नशील रहने सबै हरदम स्तुत्य छन्।
कबाडी नेताहरूको भिजनलेस पाराले नेपाल नरकापुर बन्दै गएको छ। नेपाल निरन्तर झ्यालखानामा परिणत हुन गइरहेको छ। जे कसुर गरे पनि कानुनमा ५ वर्ष जेल सजाय पाउने कुरा सामान्य हुदै गएको छ।

३ वर्षभन्दा बढी सजाय हुने आरोप छ भने २५ दिनसम्म प्रहरी अनुसंधानका लागि भनेर अदालतको स्विकृति लिई हिरासतमा राख्न पाईन्छ भने अदालतमा मुद्दा दायर भएपछि पनि पूर्पक्षका लागि थुनामा पठाउनु पर्ने हुन्छ। साईबर कसुर, सामाजिक संजालमा गाली गलौच, बलात्कार प्रयास, आत्महत्या दुरूत्साहन जस्ता आरोप मात्र लाग्नासाथ, उजुरी दर्ता हुनासाथ जेलमा थुनामा जानुपर्ने भएको छ। अर्बौं, खर्बौं ठगी, करोडौं भ्रष्टाचार, जग्गा ठगी, नक्कली नोट छाप्ने, लुट्ने, चोर्ने, गोद्ने, बस, सरकारी भवन, सरकारी गाडी जलाउने, अन्य सार्वजनिक निजी सम्पत्तिमाथि आगजनी, मिसावट, कालाबजारी, तस्करी, तोडफोड, गोली हान्ने, हत्या प्रयासहरू, गुण्डागर्दी जस्ता कसुरहरू बरू सामान्य कसुर जस्ता हुने भएका छन् भने सामाजिक संजालमा बोल्नु, लेख्नु, कसैले कसैलाई आरोप लगाएर उजुरी गर्नु बढी ठूलो सजायसहितको अपराध हुन पुगेको छ। प्रष्ट देवानी मामलालाई पनि फौजदारी अपराध मानेर कानुन बनाउदै मुलुकलाई पुलिस शासनमा पुर्याएर अपराधीहरू मात्र बस्ने देश जस्तो नरकापुर बन्दै बनाईदै छ।

प्रशासन पिडीत जनताले कर्मचारीप्रति जति गुनासो वा गाली गरे पनि हुन्छ, तर कमसे कम राजनीतिक नेता, मन्त्री, प्रमहरूले कर्मचारीलाई रेखी नलगाउन्। कर्मचारीको कार्यसम्पादन, कार्यक्षमता, योग्यता, योगदान जेजस्तो भएपनि नेताहरूको भन्दा धेरै राम्रो हुदै आएको हो। कर्मचारीले देश बनाउछु भनेर हुदैन, न तिनले त्यो सक्छन्, न तिनको काम हो । तर, नेताहरूले देश, शासन, प्रशासन नराम्ररी बिगार्न चाहेको बेलामा केही अवधिका लागि तिनका गलत हातहरूलाई रोक्ने काम भने कर्मचारीले गर्न सक्छन्। बढी बिग्रन दिनबाट देशलाई केही अवधिका लागि जोगाउन सक्छन्। रात रहे अग्राख पलाउन सक्छ।

नेपाली कर्मचारीतन्त्रले त्यस्तो जिम्मेदारी आजसम्म पूरा गर्दै आएकोले नै नेपाल यतिसम्म, यहॉसम्म भए पनि जोगिएको छ। आजसम्म चलिरहेको छ र टिकेको हो। तर अब के हुने हो अनुमान गर्न सहज छैन। किनभने कर्मचारीतन्त्रको बेहाल हुनुमा संघीयताको डॉवाडोल अवस्था जिम्मेदार छ, जसले गर्दा कर्मचारीहरू निरीह बन्न पुगेका छन्।

अहिलेकै नेताहरूको कार्यसम्पादन मुल्यांकन गरियो भने ती पूर्ण असफल देखिन्छन्। कर्मचारीहरूले आजसम्म हात बाधेर बसेका भए मुलुकको ब्याट्री उहिल्यै क्षणभर मैं डिस्चार्ज भइसक्ने थियो। तिनले अब झन् हात बाध्न थाले भने भविष्यमा पनि छिटै ब्याट्री डिस्चार्ज हुने संभावना प्रवल बन्दैछ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १८:२२ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...