back

जिल्लामा भूकम्पपीडितका पुनः लगत सङ्कलन सुरु

वि.सं.२०७३ माघ ५ बुधवार

519 

shares
GLOBAL IME AD
NTC AD

५ माघ,रत्ननगर (चितवन)। चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको पुनःलगत सङ्कलन सुरु गरिएको छ ।

फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा पठाइएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा पहाडी क्षेत्रलाई लक्षित गरी १७ जनाको टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेसबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथरमा टोलीले लगत सङ्कलन सुरु गरेको हो ।

टोलीले कम्युटरमा नै फारम भर्ने, घरको र घर मुलीको समेत फोटो लिएर विद्यमान अवस्थाको मूल्याङ्कन गर्ने भएको छ । इन्टरनेटसमेत उपलब्ध गराइएकाले हरेक दिनको प्रगति विवरण सिधँै सिंहदर पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो ।

विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख संयोजक आचार्यले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्र र बाँकी अन्य ठाउँमा भने ८ र ९ गते प्रशिक्षण कार्यक्रम गरिने र त्यसलगत्तै टोली परिचालन गरिने छ । जिल्लामा अहिले १८ हजार सात सय ५२ भूकम्पपीडित परिवारले राहतका लागि निवेदन दर्ता गराएका छन् ।
सङ्कलित निवेदनको आधारमा घरघर पुगेर पुनःपरीक्षण गरी लगत सङ्कलन हुने छ । यसअघि सामान्य क्षतिसहित जिल्लामा १५ हजार सात सय ४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार सात सय ५२ पुगेको हो ।

स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरेपछि अहिले इन्जिनियरसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिने भएको छ ।

वि.सं.२०७३ माघ ५ बुधवार ०७:५० मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...