१९ पुस, काठमाडौं । संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागगरे बमोजिमका लिखित जवाफ सहितको कागजात राष्ट्रपति कार्यालयले आज बुझाउँने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने निर्णयको वुरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । संवैधानिक इजलास मार्फत उक्त रिट उपर छलफल चलिरहदा संवैधानिक समितीले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई कारण देखाऊ आदेश सहितको लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको समयसीमा दिएको थियो।
संसद विघटन विरुद्ध परेका एक दर्जन बढी रिट उपरकाे छानबिनका लागी सर्वोच्च अदालतकाे संवैधानिक इजलास समितीले पुस १० गते सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गरेकाे थियाे । भने पुस २२ गतेदेखि निरन्तर सुनुवाइको आदेश पनि दिएको थियो ।
वि.सं.२०७७ पुस १९ आइतवार १०:५९ मा प्रकाशित




























