back
CTIZAN AD

सिन्धुपाल्चोककी पार्वती तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

वि.सं.२०७७ पुस २० सोमवार

717 

shares

२० पुष, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भइन् । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँडेकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ ।

“आमाको सम्झना आइरहे पनि फर्केर आउनुहुन्छ भन्ने लागेको थिएन”, उनले भने, “आज आमा आउँदा सपना जस्तो लागेको छ, निकै खुशी भएका छौँ ।” छोराहरु अहिले जवान भइसकेका छन् । आमाले छाडेर हिँडदा जेठा छोरा पुन्टे १३, माइला सन्तोष १२ र कान्छा सेतुराम १० वर्षको थिए । अहिले जेठा छोराले विवाह गरिसकेका छन् ।

उनकी छ वर्षीया छोरी छिन् । नाबालक अवस्थामा रहेका छोराहरु छाडेर हिँडेकी पार्वती घर जान पाउँदा निकै खुशी देखिन्थीन् । तेह्र वर्षसम्म सडक, चौपारी, पाटीपैवामा कष्टपूर्ण जीवन बिताएकी पार्वती अन्तत परिवारको सहारामा पुगिन् । श्रीमान् पूर्णबहादुर माझी श्रीमती घर आउँदा औधी खुशी छन् । पार्वतीको आगमनले परिवारका सबै सदस्यका आँखाबाट आशु बगिरहेका थिए । “अब आमाको विशेष रेखदेख गरी पालनपोषण गर्छौं” बुहारी अल्काले भनिन, “आमा आउँदा घरै उज्यालो भएको छ ।”

धादिङ सदरमुकाममा होटल व्यवसाय गर्ने उषा श्रेष्ठले सडकमा फालेको फोहर टिपेर खाँदै गरेको देखेपछि केही दिन आफैसँग राखेर पार्वतीको पालनपोषण गरिन् । पछि उनले नवजीवनको जिम्मा लगाइदिइन् । संस्थाले उनलाई धादिङबाट काठमाडौँ ल्याई आश्रममा राख्यो । “उनी (पार्वती) ले आफ्नो ठेगाना बताएपछि हामी उनको परिवार पत्ता लगाउने क्रममा लाग्यौँ”, समाजका अध्यक्ष दुर्गानाथ दाहालले भने, “पहिले उनलाई नलिकनै परिवार भेट्न गयौँ, परिवारको पहिचान भएपछि मात्रै उनलाई लिएर सँगै गयौँ ।”

पार्वती भेटिएको खबरले गाउँले पनि खुशी भएका छन् । ल्याउने खबर सुनेपछि गाउँलेहरु उनलाई हेर्न घरमा भरिभराउ थिए । पुरानो घर भूकम्पबाट भत्किएर नयाँ घर निर्माण भएकाले शुरुमा त उनलाई चिन्न गाह्रो भयो । पार्वतीको उद्वार गरी घर ल्याउने क्रममा सहयोग गर्ने धादिङका होटल व्यवसायी श्रेष्ठ र काठमाडौँमा बेवारिसे तथा अन्य हिसाबले दुःख पाएकालाई उद्वार गरी आफ्नै आश्रममै लगेर पालनपोषण गर्ने काममा लाग्नुभएका दाहाललाई परिवारले धन्यवाद दियो । वडा सदस्य तारा माझीले पार्वतीको स्वास्थ्य अवस्था बिग्रिएको र मानसिक समस्यासमेत रहेकाले औषधि उपचारका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०७७ पुस २० सोमवार १४:२८ मा प्रकाशित

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले...