back
CTIZAN AD

एनआरएनएको विशेष महाधिबेशन रोक्न माग गर्दै परराष्ट्रमा निवेदन (यस्तो छ पूर्णपाठ)

वि.सं.२०७७ पुस २० सोमवार

561 

shares

२० पुस, काठमाण्डौं । गैरआवासीय नेपाली संघको विशेष महाधिबेशन रोक्न माग गर्दै परराष्ट्रमा निवेदन परेको छ ।
यहि जनवरी २३ र २४ गते भर्चुअल माध्यमबाट आयोजना गरिएको विशेष महाधिबेशन संघको विधान तथा आम सदस्यहरुको भावना विपरित हुन लागेको तथा स्थगन गर्न संघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक–पटक अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको भन्दै रोक्नका लागि निवेदन दिइएको हो ।

‘संघको विधान तथा आम सदस्यहरुको भावना विपरित हुन लागेको, सो विशेष महाधिवेशन स्थगन गर्न संघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक–पटक अनुरोध गर्दा समेत कुनै सुनवाई नगरेकोले, बाध्य भई गैरआवासिय नेपाली सम्बन्धि नियमावलीको २०६६ को नियम १६(१) बमोजिम अनुगमन गरि नियम १६(२) बमोजिम निर्देश दिई सो विशेष महाधिवेशन स्थगित गरि पाउन हामी निवेदकहरु निम्न बमोजिमको निवेदन गर्दछौ ।’

एनआरएनए स्पेनका चिन्तामणि सापकोटा, अमेरिकाका शंकर खड्का, अष्ट्रेलियाका दिपक शर्मा, जर्मनीका विजय मोक्तान र अफ्रिकाका रोशन थापा निवेदक रहि पेश गरिएको सो निवेदनमा भनिएको छ

परराष्ट्र मन्त्रालयमा पेश गरिएको निवेदन

श्री परराष्ट् मन्त्रालय,
काठमाडौ

बिषयः गैर आवासिय नेपाली सम्बन्धि नियमावली २०६६ को नियम १६९२० बमोजिम निर्देशन दिई संघको प्रस्तावित विशेष अन्तराष्ट्यि महाधिवेशन रोकि पाउ ।
आगामी २०२१ जनवरी २३ र २४ तारिखमा आयोजन गर्ने भनिएको गैर आवासिय नेपाली संघको भर्चुल विशेष महाधिवेशन, प्रचलित नेपाल कानुन, संघको विधान तथा आम सदस्यहरुको भावना विपरित हुन लागेको, सो विशेष महाधिवेशन स्थगन गर्न संघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक पटक अनुरोध गर्दा समेत कुनै सुनवाई नगरेकोले, बाध्य भई गैर आवासिय नेपाली सम्बन्धि नियमावलीको २०६६ को नियम १६(१) बमोजिम अनुगमन गरि नियम १६(२) बमोजिम निर्देश दिई सो विशेष महाधिवेशन स्थगित गरि पाउन हामी निवेदकहरु निम्न बमोजिमको निवेदन गर्दछौ ।

क) गैर अवासिय नेपाली संघ नेपाल, सन् २००३ (वि.स.२०६०) साल स्थापना गर्ने निर्णय भए पश्चात नेपाल सरकार परराष्ट् मन्त्रालयमा विधिवतरुपमा दर्ता भई नेपाल तथा विदेशमा समेत आफना विविध गतिविधिहरु संचालन गरिरहेको गैर आवासिय नेपालीहरुको एकमात्र साझा संघ हो । संघको विधानको धारा ७ बमोजिम हामी निवेदक आफु बसोवास गरिरहेको मुलुकको समन्वय समिति मार्फत संघको सदस्यता प्राप्त गरि कृयाशील रहेको सदस्यहरु तथा पदाधिकारीहरु हौ । संघको विधानको बमोजिम हरेक २ बर्षमा संघको विश्व सम्मेलन मार्फत संघको केन्द्रिय नेतृत्वको चयन हुने व्यवस्था रहेको, सोहि बमोजिम मिती २०७६÷६÷२८,२९–३० (तदअनुसार १५,१६,१७ अक्टोवर २०१९) गते काठमाडौमा सम्पन्न भएको विश्व सम्मेलनबाट गैरआवासिय नेपाली संघको बर्तमान कार्यसमिती निर्वाचित भएको थियो । निर्वाचित भएको विगत १५ महिनामा संघको केन्द्रिय नेतृत्वले विधान र यसका सदस्यहरुको भावना विपरित कार्यहरु गर्दै आएको, सोको निरन्तरता स्वरुप संघले मिति २०७७÷४÷३२ मा यस मन्त्रालयलाई लिखित अनुरोध गर्दै पत्र पठाएअनुसार मिति २०७७÷६÷१५ मा यस मन्त्रालयबाट ३ बुँदे शर्त सहित २३ र २४ जनवारी २०२१ मा भर्चुल माध्यमबाट संघको बिशेष महाधिवेशन गर्न अनुमति दिएकोमा, मन्त्रालयको सो शर्तको समेत बेवास्ता गरि, बर्तमान नेतृत्वले आफनो निहित स्वार्थ पुरा गर्न मात्र सो विशेष महाअधिवेशन आयोजना गर्न लागेको हुँदा उक्त भर्चुल विशेष महाधिवेशन तत्काल रोकि पाउँन निर्देशन गर्नु अपरिहार्य रहेको छ ।
ख) गत २२ नोभेम्वर २०२० मा बसेको संघको ७५ औ बैठकमा अध्यक्ष कुमार पन्तले २३ र २४ जनवरी २०२१ मा संघको विशेष महाधिवेशन गर्न प्रस्ताव राख्नु भएको तर त्यस बारे निर्णय वा छलफल नहुँदै वहाँ स्वयं बैठक छाडि बाहिरीनु भएको थियो । जबकी अहिले जनवरी २३ र २४ मा विशेष महाधिवेशन गर्ने निर्णय भएको भनेर अध्यक्षले अभिव्यक्ति दिनु र कुनै आधिकारीक निर्णय पुर्व नै यस मन्त्रालयसँग विशेष महाधिवेशनका लागि अनुमति माग्नु सर्वथा गैरकानुनी छ । विशेष महाधिवेशन गर्ने सम्बन्धमा संघले अधिकारिकरुपमा निर्णय नै गरेको छैन । तसर्थ अध्यक्षले आफुखुसी निर्णय गर्न पाउने होइन । आफु खुशी निर्णय गर्दा त्यसको आधार र कारण समेत खुलाउनु पर्ने, आधार र कारण विनाका निर्णयहरु मान्य हुँदैनन् । फेरि संघको विधानको धारा १५ अनुसार संघको विशेष महाधिवेशन अन्तराष्ट्यि समन्वय परिषदका साधारण बहुमत सदस्यहरुले माग गरेपछि ३ महिनाभित्र बोलाउने हो, अध्यक्षले प्रस्ताव गर्ने होइन । विधानको उक्त व्यवस्था बमोजिम अन्तराष्ट्यि समन्वय परिषदका कति साधारण सदस्यहरुले, कुन मितिमा यस्तो विशेष महाधिवेशनको माग गरेका हुन सो समेत प्रष्ट छैन । फेरि विधानको धारा १३÷७ बमोजिमका झण्डै २६०० सहभागीहरुलाई हाल भर्चुल माध्यमबाट विशेष महाधिवेशनमा सम्मिलित गराउन समेत प्राविधिकरुपमा सम्भव हुने देखिदैन । यसरी विधानमा तोकिएको प्रकृया विपरित तथा प्रविधिकरुपमा असम्भव सम्मेलनको आयोजना गर्न खोज्नु संघको स्थापित मान्यता र सिद्धान्त समेत विपरित छ । तसर्थ, कोभिड १९ बिरुद्धको खोप विभिन्न मुलुकहरुमा आई सकेको परिप्रक्ष्यमा, संघको विधान संशोधन जस्तो महत्वपुर्ण बिषयमा छलफल गर्न निकट भविष्यमा स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना गरि प्रत्यक्षरुपमा नेपाल मै विशेष महाधिवेशन आयोजना गर्न सकिने हुँदा सोहि बमोजिम गर्न गराउन तथा हाल आयोजना गर्न लागिएको भर्चुल विशेष महाधिवेशन स्थगन गर्न निर्देशन दिन हुन हामी माग गर्दछौ ।

ग) २०७६\६\ २८,२९,३० मा सम्पन्न संघको नवौ महाधिवेशन संघको आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित नै नगरि सम्पन्न भएको थियो । विधानतः तत्काल विशेष महाधिवेशन बोलाई ती दुई प्रतिवेदनहरुमा मात्र छलफल गरि पारित गरिनु पर्दथ्यो सो हालसम्म गरिएको छैन । तर आफु निर्वाचित भएको करिव १५ महिना पछि, आफनो निहित स्वार्थ पुरा गर्न निशुल्क सदस्यता वितरण, अनलाइन भोटिगं जस्ता संघको आधारभुत संरचना र भविष्यमा नै दिर्घकालिन असर पार्ने बिषयहरु समाविष्ट गरि विधान संशोधन समेत गर्ने कार्यसुची राखि आयोजना गर्न लागिएको बिशेष महाधिवेशन गैर आवासिय नेपाली सम्बन्धि नियमावली २०६६ को नियम १६–१ तथा संघको विधानको धारा १५ समेतको विपरित रहेको हुँदा यस्तो अवैधानिक विशेष महाधिवेशन तत्काल रोकी पाउँन निर्देशन जारी गरि पाउँ ।

घ) संस्थाको विशेष महाधिवेशन संघको हितमा, अति आवश्यक हुने अबस्थामा मात्र बोलाईने कुरा संघ विधानको धारा १५ मा उल्लेख छ । यस्तो संवेदनशिल कुरामा विधानले गरेको ब्यवस्थालाई वेवास्ता गर्दै विशेष महाधिवेशनको मितिदेखि छलफलका बिषय बारे आवश्यक प्रकृया पूरागरी छलफलका आधारमा मात्र अगाडी बढाउन समेत निर्देशन हुन हामी माग गर्दछौ । संघ जस्तो पवित्र संस्थालाई नेपाल तथा विश्व समक्ष नै बदनाम गर्ने गराउने, संघको स्वच्छता र व्यवसायीकतालाई नै धुमिल पार्ने जस्ता कार्य कोहि कसैबाट हुन हुँदैन । संघको बिशेष महाधिवेशनबाट आगामी दिनमा हुने दिर्घकालिन परिवर्तन संघको हितमा हुनु पर्ने, त्यस्तो परिवर्तन विधिसम्मत ढंगबाट र सबैको सहभागिता सुनिश्चित गरेर मात्र गर्नु पर्छ । कुनै व्यक्ति वा पदाधिकारीको लहडमा संघको पवित्रता र विश्वसनियतामा आँच आउन दिनु हुन्न । नेतृत्वमा हिजो हुने आज छैनन, आज हुने भोलि रहने छैनन तर संघ सधै रहिरहने भएको हुँदा यसको पवित्रताको संरक्षण, बैधताको पृष्टपोषण गर्ने दायित्व हामी तमाम सदस्य, पदाधिकारी र यस मन्त्रालयको समेत रहेकोमा दुई मत हुन सक्दैन ।

अतः माथि उल्लेखित तथ्य, कानुन तथा कानुनी सिद्धान्तहरु समेतका आधारमा गैर आवासिय नेपाली संघले २३ र २४ जनवारी २०२१ मा आयोजना गर्न लागेको भन्ने भर्चुअल विशेष महाधिवेशन प्रचलित कानुन र संघको विधान समेतको विपरित रहेको प्रष्ट छ । साथै सोहि प्रयोजनका लागि यस मन्त्रालयलाई समेत गुमराहमा राखेर जारी गराइएको मिति २०७७।६।१५ को पत्र समेत प्रयोजनहिन हुन पुगेको हुँदा उक्त पत्रलाई समेत निष्कृय गर्दै, प्रस्तावित विशेष महाधिवेशन स्थगन गर्नु भनि गैर आवासिय नेपाली सम्बन्धि नियमावली २०६६ को नियम १६ (२) अनुसार संघको नाममा निर्देशन जारी गरि पाउँन सादर अनुरोध गर्दछौ । साथै हामी निवेदकहरुको परिचय पत्रहरु प्रतिलिपि यसै निवेदनपत्रसाथ संलग्न छन ।
निवेदकहरु

शंकर खड्का, एन.आर.एन. संयुक्त राज्य अमेरिका

दिपक शर्मा, एन.आर.एन. अष्टे्लिया,

विजय मोक्तान, एन.आर.एन. जर्मनी

रोशन थापा, एन.आर.एन.अफ्रिका

इति सम्बत २०७७ साल पौष १५ गते रोज ४ सुभम।।।।।।।

वि.सं.२०७७ पुस २० सोमवार १५:०५ मा प्रकाशित

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री...