२० पौष, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गरेका छन् । इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उदेश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई इसेवामा आबद्ध गर्दै लगेको छ ।
एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।
यसैगरि लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन ।
अहिलेको कठिन परिस्थितीमा भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुने छन् ।
वि.सं.२०७७ पुस २० सोमवार १५:१० मा प्रकाशित






























