back
CTIZAN AD

अलिबाबाका संस्थापक ज्याक मा दुई महिनादेखि वेपत्ता

वि.सं.२०७७ पुस २० सोमवार

627 

shares

पुस २०, काठमाडौं । एशियाको सबैभन्दा धनाड्यमध्येका एक अलीबाबा समुहका मालिक ज्याक मा दुई महिनादेखि वेपत्ता भएको कुरा अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जनाइएअनुसार पछिल्लो दुई महिनादेखि उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

गत अक्टुबरमा उनले चिनियाँ सरकारका कतिपय नीतिमाथि आलोचना गरेका थिए । रिपोर्टअनुसार सरकारमाथि आलोचना गरेको केहि समय लगत्तै उनी वेपत्ता भएका हुन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम द टेलिग्राफका अनुसार उनको बारेमा रहस्य लाग्दो घटना, उनकै संस्था सम्बन्ध अफ्रिका बिजनेस हिरोजको कार्यक्रममा उनी देखिएका थिएनन् । उक्त कार्यक्रममा अलीबाबाका एक अधिकारी सहभागी भएका थिए ।

जसबारे अलिबाबाका प्रवक्ताले भने उनी व्यस्त रहेको कारण कार्यक्रममा उपस्थित नभएको दाबी गरेका छन् ।

ज्याकले गत अक्टुबरमा संघाईमा भएको एक कार्यक्रममा चिनियाँ सरकारको आलोचना गरेका थिए । उनले वित्तिय नियामक निकाय तथा सरकारी बैंकहरुको सिस्टम बदल्नु पर्ने भनाई राखेका थिए ।

जसपश्चात चिनियाँ सरकारले उनको कम्पनीका कतिपय उत्पादनमाथि अनौठो गरि प्रतिबन्धसमेत लगाएको थियो ।

यसअघि चीनमा २०१६–०१७ मा चलेको भ्रष्टाचार विरोधी अभियानका क्रममा कतिपय अरबपतिहरु अनौठो गरि गायब भएका थिए । जसपश्चात अधिकांशलाई सार्वजनिक रुपमा देखिएको छैन् । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ पुस २० सोमवार १५:२३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...