back
CTIZAN AD

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

वि.सं.२०८३ जेठ ५ मंगलवार

102 

shares

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाको तिखेढुङ्गामा गरेको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ ।

करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा यतिखेर आचार्य आफैँमा हर्षित छन् । उनको कृषिकर्म र यसप्रतिको लगाव यस क्षेत्रका स्थानीयका लागि प्ररणाको स्रोत बनेको हो । स्नातकसम्मको अध्ययनसँगै १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतका अनुभव सँगालेका आचार्य विगत लामो समयदेखि कृषिका क्षेत्रमा सक्रिय बन्दै नयाँनयाँ प्रयोग गर्दै आएकामा २०७८ सालदेखि ‘तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म’ मार्फत आफ्नो कृषिकर्मलाई थप व्यावसायिक बनाएका छन् ।

आचार्यले गरिरहेको तरबुजाखेतीसहितको पशुपालन, तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन अरुका लागि पनि दरिलो पाठशाला बनेको छ । अघिल्लो वर्ष ज्ञानबहादुर कार्कीसँगको सहकार्यमा संयुक्त रुपमा तरबुजाखेती गरेका उनले यस वर्ष भने एकल रुपमा नै ४० रोपनी क्षेत्रफलमा यो खेती गरेका हुन् । हरेक तरबुजाको बिरुवामा सुरौदी खोलाको पानीलाई मोटरमार्फत तानेर थोपा सिँचाइ प्रणालीलाई उनले उपयोग गरेका छन् ।

यस वर्ष तरबुजा खेती लगाएपछि दुई पटकसम्म असिनाले क्षति पु¥याए पनि लगभग ३० हजार किलो बजारमा बिक्री गर्न सकिने आचार्य बताउँछन् ।

“असिनाका चोटसँगै केही दिनयता लगातार आएको पानीका कारण केही तरबुजा कुहिने डर छ”, उनले भने, “अघिल्लो वर्ष यस क्षेत्रकै बागमारा, खुदी, गगनगौँडा, खल्याण, दुलेगौडा हुँदै पोखरासम्म बिक्री भएका कारण यस वर्ष पनि बिक्री सहजै हुने विश्वास लिएको छु ।”

आचार्यले फर्ममा थप १० रोपनी क्षेत्रफलमा घिरौँला, काँक्रा, लौका, फर्सी, करेला आदिको खेती गरिहेका छन् भने भैँसीपालन पनि सँगसँगै गरिहेका छन् । उनको फर्ममा हाल ३० वटा भैँसी छन् । पछिल्ला वर्षमा आचार्य जस्तै पोखराका विभिन्न स्थानमा कृषकले तरबुजाखेती गरिहेका छन् ।

यस वर्ष पोखराका विभिन्न स्थानमा ५०० रोपनी क्षेत्रफल जमिनमा तरबजुजाखेती भइरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । पछिल्ला वर्षमा महानगरपालिकाले तरबुजा खेतीका लागि अनुदानलगायत कार्यक्रम बढाइरहेको छ ।

महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको जानकारी दिँदै प्रमुख कडरियाले यस वर्ष तरबुजाखेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरिएको बताए ।

“पोखरा महानगरपालिकामा यस वर्ष तरबुजाखेतीको कारोबार पाँच करोड बराबरको हुने अनुमान गरिएको छ”, उनले भने । प्रमुख कडरियाका अनुुसार महानगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागेको छ । तरबुजाखेतीप्रतिको आकर्षण बढाउनकै लागि पोखरा महानगरपालिका वडा नं १३ मा पोखरा तरबुजा मेला–२०८३ गर्न लागिएको छ ।

पोखरामा भइरहको तरबुजाखेतीको प्रवद्र्धनसँगै कृषकलाई यसतर्फको आकर्षण बढाउनले लक्ष्यका साथ महानगरपालिकाको कृषि विकास शाखा र वडा नं १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो । मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकलाई सम्मान गर्ने कार्यक्रमसँगै तरबुजा सम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा गरिनने महानगरपालिकाले जनाएको छ । रासस

वि.सं.२०८३ जेठ ५ मंगलवार ११:१२ मा प्रकाशित

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म...

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...