back
CTIZAN AD

बाबुराम भट्टराई भन्छन् – ओलीको कदम सच्याउन अरु बाटो रोज्न नपरोस् !

वि.सं.२०७७ पुस २२ बुधवार

960 

shares

पुस २२, काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय अदालतले सच्याउनुपर्ने बताएका छन् । परिवर्तनका मुद्दा रक्षा गर्न अदालत सजिलो बाटो भएको भन्दै उनले यस्तो भनेका हुन् ।

उनले अदालतभन्दा बाहेकको बाटो रोज्न नपरोस् भनि कामना पनि गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ, ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ, अरू बाटो रोज्न नपरोस् !’


संसद विघटन गर्ने सरकारको निर्णयविरुद्व परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाई सुरु भएको छ । अदालतमा सुनुवाई भईरहेको बेला सबैको चाँसो फैसला प्रति छ ।

संसद विघटन गर्ने सरकारको निर्णय विरुद्वमा देखिएका बाबुरामले पनि फैसला संसद पुनस्र्थापना गर्ने गरि आउनुपर्ने बताएका हुन् ।

वि.सं.२०७७ पुस २२ बुधवार १२:०७ मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।...

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको...

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा...

पहिरोले विभिन्न सडक अवरुद्ध

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान...