back
CTIZAN AD

सशस्त्र प्रहरीद्वारा हराएका बज्यै–नातिनीलाई आफन्तको जिम्मा

वि.सं.२०७७ पुस २२ बुधवार

909 

shares

२२ पुष, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ ।

सोमबार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी छ वर्षीया तारा टमटा हराएपछि आफन्तले खोजतलासका लागि सशस्त्र प्रहरीको खल्लास्थित बोर्डर आउटपोष्टलाई गुहारेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरीको टोलीले बज्यै र नातिनीलाई मङ्गलबार साँझ नेपाल–भारत सीमा नजिकको दशगजा क्षेत्रमा सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको छ ।

यसैबीच सशस्त्र प्रहरीले लाझाडी गाउँपालिका–६ चानदेउबाट मङ्गलबार रु एक लाख ७० हजार मूल्य बराबरको २० क्यूविक फुट सिसौको काठ, माछा र यमाहा मोटरसाइल बरामद गरेको छ । बरामद गरेको काठ सिद्धनाथ सबडिभिजन वन कार्यालयमा र अन्य सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
रासस

वि.सं.२०७७ पुस २२ बुधवार ११:४८ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...