back
CTIZAN AD

बिलिभर्स समुदायद्वारा राउटे परिवारलाई कम्बल वितरण गर्दै

वि.सं.२०७७ पुस २२ बुधवार

630 

shares

२२ पुष, कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ ।

समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप गोपाल क्षेत्रीले जानकारी दिए ।

चिसोमा बस्ने राउटे परिवारलाई न्यानो गराउने हेतुले उनीहरुलाई कम्बल वितरण गरिएको बताउँदै उनले रु एक लाख ८४ हजार ४०० मूल्य बराबरको कोरियन ब्राण्डको डबल बेडको कम्बल सहयोग गरिएको जानकारी दिए ।

सो वडा कार्यालयले प्रत्येक राउटेलाई मासिक रु तीन हजार भत्ता उपलब्ध गराउँदै आएको छ । कर्णाली प्रदेश सरकारले पनि प्रत्येक राउटेलाई रु दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्रति राउटेले मासिक रु पाँच हजार पाउनेछन् ।

चिसोको समयमा कम्बल दिने आफ्ना लागि भगवान नै भएको राउटे भक्तबहादुर शाहीले बताए । राउटे महिला सुवा शाहीले चिसोमा कम्बल सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अहिले आफ्ना खाने चामल नभएकोले सहयोग गर्न अनुरोध गरिन् । बिलिभर्स समुदायले आगामी केही दिनपछि राउटेलाई खाद्यान्नसमेत उपलब्ध गराउने जनाएको छ ।
रासस

वि.सं.२०७७ पुस २२ बुधवार १२:३१ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...