back
CTIZAN AD

खोटाङमा एघार प्रस्तावित माविको स्तरोन्नति

वि.सं.२०७७ पुस २२ बुधवार

888 

shares

२२ पुष, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ प्रस्तावित माविलाई स्तरोन्नति गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चौशिका मावि भण्डारेघाट बतासे, महेन्द्रोद्वय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सछितापोखरी र याङसोला मावि छोरम्बुलाई माविमा स्तरोन्नति गरेको हो ।

हालसम्म मावि तहको पठनपाठन हुँदैआएको तर मावि शिक्षकको दरबन्दी नभएका प्रस्तावित माविलाई माविमा रुपान्तरण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

गत वर्ष पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तहको पठनपाठनको स्वीकृति दिएको गाउँपालिकाको असोज ३० गते बसेको गाउँकार्यपालिकाको बैठकले एकैसाथ ११ प्रस्तावित माविलाई माविमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

सात वडा रहेको गाउँपालिकामा हालसम्म महेन्द्रोदय मावि ओख्रे डाडाँगाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे मात्र स्थायी मावि थियो । माविमा रुपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्दै पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख राईले बताए ।

अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ति गरिने गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि सामुदायिक तर्फ ९३ माध्यमिक विद्यालय सञ्चलनमा रहेको थियो ।

यसैबीच साकेला गाउँपालिकाले तीन वर्षे डिप्लो बिएमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७ र ७८ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले प्राविधिक धारतर्फ तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई जनही रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

तीन वर्षमा दश जना छात्रछात्राका लागि रु २० लाख खर्च गर्ने गरी प्राविधिक धारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । छात्रवृत्ति गाउँपालिकाभित्रका विद्यार्थीले मात्र पाउनेछन् ।

साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा सञ्चालन भइरहेको तीन वर्षे डिप्लो बिएमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई लक्षित गर्दै गाउँपालिकाले छात्रवृत्तिको कार्यक्रम ल्याएको थियो । छात्रवृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका पाँच वटै वडाका दुई÷दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेन्दार छात्रछात्रालाई प्राथामिकता दिएर छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिका प्रमुख झङ्कारले बताए । गाउँपालिकाले छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन पुस २ गते सूचना जारी गरेको थियो ।
.रासस

वि.सं.२०७७ पुस २२ बुधवार १२:५१ मा प्रकाशित

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...