back
CTIZAN AD

चिसो मौसममा फाइबरयुक्त खाना बढी फाइदाजनक, यी हुन् फाइबरका श्रोत

वि.सं.२०७७ पुस २२ बुधवार

1.6K 

shares

चिसोको मौसममा स्वास्थ्य रहनका लागि फाइबरयुक्त खाना खान सुझाउँछन् स्वास्थ्यविज्ञ । फाइवरयुक्त खानाले शरिरमा धेरै फाइदा पुर्याउनुका साथै मोटोपन तथा सुगर घटाउन, हृदयघातबाट बचाउन, कब्जियत हुन नदिन तथा क्यान्सरको जोखिम कम गर्न सहयोग गर्ने स्वास्थ्य विज्ञ बताउँछन् ।

चिसोको मौसममा शरिरमा चाहिने आवस्यक पोषक तत्व नमिल्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन्छन् । चिसो अन्य समय भन्दा चिसो मौसममा बढी फाइबर युक्त खानाको आवस्यकता पर्दछ । फाइबर हरियो तरकारी, साग, फलफूल लगायतमा पाइन्छ ।

त्यसैगरी फाइबरयुक्त खाना खाँदा शरिरको तौल घटाउन सहयोग गर्दछ । फाइबर युक्त खाना खाँदा लामो समय भोक नलाग्ने र चाहिने भन्दा बढी खानबाट बच्न सक्तछौं । यसले मोटोपन बढ्नबाट बचाउँछ । फाइवरयुक्त खाना मुटुको लागि पनि फाइदाजनक हुने स्वास्थ्यविज्ञ बताउँछन् । यदि तपाइको शरीरमा कोलेस्ट्रोलको मात्रा बढी छ भने यसले हृदयघातको खतरा बढाउँछ । साथै अन्य समस्याहरु पनि देखा पर्दछन् । यदि तपाइको दैनिक खानामा फाइबरयुक्त खाना समावेश गर्नु भयो भने यसले कोलेस्ट्रोल नियन्त्रण हुने तथा मुटुलाई स्वस्थ्य र बलियो राख्ने पनि स्वास्थ्यविज्ञ बताउँछन् ।

फाइबरयुक्त खाना खानाले उच्च रक्तचाप तथा सुगर नियन्त्रणमा पनि सहयोग पुर्याउँदछ । साथै यसले कब्जियतको समस्या हुनेहरुका लागि पनि राहत पुर्याउँदछ । स्वास्थ्यविज्ञका अनुसार फाइबरले हाम्रो शरिरमा ब्रशको रुपमा कामगर्दछ ।

त्यस्तै फाइबर युक्त खाना खानाले कोलोरेक्टल क्यान्सरको जोखिम समेत कम गर्दछ । फाइवरयुक्त खानामा एन्टिअक्सिडेन्ट भरपुर हुने हुनाले ३० देखि ४० प्रतिशत क्यान्सरको जोखिम कमगर्ने बताइन्छ ।

How Fiber Helps Ease Constipation | Everyday Health

बढी फाइबरको श्रोत
हरियो पत्तेदार र रेशादार खानेकुरा तथा सोँफ, ज्वानो, भुटेको जिरा, चोकरयुक्त आँटा, अंजीर, भुटेको सेतो तिल राजमा तथा विभिन्न प्रकारका दाल, फलफूलमा बोक्रा सहितको स्याउ, नासपाती, अम्बा, लगायत । तरकारीमा मुला, बन्दागोभी, हरियो मटर तथा ब्राउन ब्रेड, गहुँबाट बनेको पास्ता वा रोटी, ब्राउन राइस, ओट्स, हरियो मकै, लगायतका खाद्यवस्तुमा फाइबरको मात्रा बढी पाइन्छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १३:०६ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

काठमाडौँ, । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको...