back
CTIZAN AD

राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न आग्रह गरेका थिए तर नेहरुले नमानेको खुलासा

वि.सं.२०७७ पुस २२ बुधवार

849 

shares

२२ पुष, काठमाडौँ । तत्कालिन राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न भारतका तत्कालिन प्रधानमन्त्री जवहारलाल नेहरुलाई आग्रह गरेको खबर खुलासा भएको छ ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको मंगलबार सार्वजनिक ‘द प्रेसिडेन्सियल इयर्स’ मा उक्त कुराको खुलासा भएको समाचारहरु आजका भारतीय संचार माध्यमहरुमा आएका छन् ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको जीवनबारेको नयाँ पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपाललाई भारतको एक प्रदेश बनाउन तत्कालिन राजा त्रिभुवनले गरेको आग्रहलाई जवाहलाल नेहरुले अस्वीकार गरेको उल्लेख गरिएको छ ।

पुस्तकको ११ औं अध्याय ‘माई प्राइम मिनिस्टरस् डिफरेन्ट स्टाइल्स्, डिफरेन्ट टेम्परमेन्टस’ मा उनले इन्दिरा गान्धी त्यो ठाउँमा भएको भए अवसरलाई नगुमाउने उल्लेख गरेका छन्। लेखेका छन्, ‘यदि नेहरुको ठाउँमा इन्दिरा गान्धी भएको भए नेपाल भारतमा विलय भइसकेको हुन्थ्यो। उनले नेपाललाई सिक्मलाई जस्तो बनाउने थिइन्।’

नेहरुले नेपालसँग निकै चतुर्याइंपूर्ण कुटनीतिक सम्वन्ध राखेको उनले पुस्तकमा उल्लेख गरेका छन्। नेहरुले त्रिभुवनको प्रस्ताव अस्वीकार गर्दै ‘नेपाल स्वतन्त्र राष्ट्र भएको र यस्तै रहिरहनु पर्छ’ भनेका थिए ।

३१ अगस्ट २०२० कोरोनाका कारण मृत्यु भएका मुखर्जीको द प्रेसिडेन्सियल इयर्सु मंगलबार सार्वजनिक भएको छ।

वि.सं.२०७७ पुस २२ बुधवार १५:१० मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...