वीरगञ्ज (पर्सा) । प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका १२ वटा विद्युतीय स्कुटर आज नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याई अनधिकृत रूपमा चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अन्दाजी मूल्य रु नौ लाख ६० हजार बराबरको १२ वटा भारतीय विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
नियन्त्रणमा लिइएका इलेक्ट्रिक स्कुटर थप अनुसन्धान लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८३ भदौ ३ बुधवार ०६:२२ मा प्रकाशित





























