back
CTIZAN AD

बाबुराम भट्टराई भन्छन् – ओलीले गरेको ‘कु’ राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको जस्तै हो (भिडियाेसहित)

वि.सं.२०७७ पुस २२ बुधवार

1K 

shares

पुस २२, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेको बताएका छन् । संसद विघटनको विरुद्वमा आन्दोलनरत पार्टीहरुको संयुक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले व्यवस्थामाथि नै प्रहार गरेको भट्टराईको भनाई छ । ‘२०१७ सालमा राजा महेन्द्रले जुन ‘कु’ गरे, ०६०÷६१ सालमा राजा ज्ञानेन्द्रले जुन ‘कु’ गरे, त्यसैको हाराहारीको यो ‘कु’ हो’, भट्टराईले भनेका छन्, ‘यो संवैधानिक ‘कु’ होइन्, त्यो त संविधानअन्तर्गत थियो तर, यो संविधानमाथिको कु हो, व्यवस्थामाथिको कु हो ।’

उनले ओलीले गरेको ‘कु’लाई सामान्यकृत रुपमा नलिन सबै दलहरुलाई आग्रह गरेका छन् । ‘यसलाई सामान्य अवस्थामा लिने गल्ती कसैले नगरुँ । धेरैजसो हामी यो संसदीय परम्परा अभ्यासमा हुर्कीएका चिसो भनेकै कोकाकोला भन्ने अर्थमा लोकतन्त्र भनेकै संसदीय व्यवस्था हो भनेर बुझ्ने साथीहरु के भ्रममा हुनुहुन्छ भने बहुमतप्राप्त प्रधानमन्त्रीले विघटन गर्यो त के बिगार्यो ?’

उनले संसद विघटनको कदम संवैधानिक हो कि होइन भन्ने नै प्रश्न नरहेको बताए । उनका अनुसार ओलीले चालेको कदम राजनीतिक नै हो । उनले प्रधानमन्त्री ओली परिवर्तन विरोधी भएको पनि बताए ।

भिडियाेमा हेर्नुहाेस् भट्टराईकाे भनाई

वि.सं.२०७७ पुस २२ बुधवार १५:३५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...