back
CTIZAN AD

संसदको पुर्नस्थापना बाहेक अर्को विकल्प छैन-नेता खनाल

वि.सं.२०७७ पुस २३ बिहीवार

666 

shares

२३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अहिलेको अवस्थामा सबै मिलेर प्रतिनिधिसभा पुर्नस्थापना गर्नुबाहेक अन्य विकल्प नभएको बताएका छन् ।

विहिबार राजधानीमा आयोजित नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा नेता खनालले प्रतिनिधिसभाको पुर्नस्थापना गरेर मात्र प्रधानमन्त्रीले चालेका पछिल्ला गतिबिधिलाई उल्ट्याउन सकिने भन्दै मुलुकलाई स्थायित्वको दिशातर्फ अगाडि लैजानका लागि, नेपाली जनताले दिएको जनादेशलाई सम्मान गर्नका लागि सबै मिलेर अगाडि नबढी नहुने स्थिति आएको बताएका थिए ।

‘फेरि पनि नेपाली जनताका सामु संविधानको रक्षाका निम्ति, लोकतन्त्रको रक्षाका निम्ति, मुलुकलाई स्थायित्वको दिशातर्फ अगाडि लैजानका लागि, नेपाली जनताले दिएको जनादेशलाई सम्मान गर्नका लागि हामी अगाडि नबढी नहुने स्थिति आएको छ । यसका निम्ति अहिले संसदको पुर्नस्थापना गर्नुबाहेक अर्को विकल्प छैन । ’
नेता खनालले प्रधानमन्त्री ओलीले कसैले नसोचेको र नचाहेको अकल्पनिय रुपमा संसद बिघटन गरेको र यो संविधानका विरुद्ध घद्दटाइएको घटना भएको बताए ।
‘यो लोकतन्त्रविरुद्धको हमला हो र नेपाली जनताको स्थायीत्वका निम्ति जुन ढंगले संघर्ष गर्दै आयौं त्यो स्थायीत्व विरुद्धको हमला हो र नेपाली जनताले दिएको जनादेशका विरुद्धको हमला हो,’ नेता खनालले भने, ‘यसले अन्ततः राष्ट्रिय हित गर्दैन ।’

उनले संविधान निर्माणका क्रममा दल ऐन बनाएर अनावस्यक रुपमा सनक र लहडको आधारमा चल्ने काम नहोस् भनेर प्रावधान राखेर यो व्यवस्थालाई अगाडि बढाउन सुरु गरेको बताउँदै तीनवर्ष नपुग्दै चालिएको यस्तो कदम सबैका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।

नेता खनालले हिजोका दिनमा लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउन नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै अहिले देखा परेको चुनौतीकाविरुद्ध पनि सिंगो राष्ट्र एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवस्यकता रहेको बताएका थिए ।

कार्यक्रममा नागरिक समाजका अगुवा कृष्ण पहाडिले आफूहरुले बैशाखदेखि नै प्रतिगमनको सुरुवात भएको बताएको र अहिले अध्यादेश, संबैधानिक परिषद् र प्रतिनिधिसभा विघटन हुँदै किस्ताबन्दीमा आइरहेको अरु धेरै किस्ताबन्दीमा आउन बाँकी रहेको बताएका थिए ।

वि.सं.२०७७ पुस २३ बिहीवार १५:२२ मा प्रकाशित

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...