back

प्रदेश नम्बर २ मा पनि पर्यटकका लागि होमस्टे

वि.सं.२०७३ माघ ६ बिहीवार

774 

shares

वीरगन्ज । देशमा पुनः प्रादेशिक सीमाङ्कनको बहस चलिरहेको बेला प्रदेश नम्बर २ अन्तर्गत पर्साको ग्रामीण बस्ती सुवर्णपुर गाविसका स्थानीयवासीले भने आफ्नो ठाउँलाई आर्थिक समृद्धितर्फ डो¥याउन होमस्टे निर्माण गरी आन्तरिक पर्यटकलाई आफूतिर तान्न थालेका छन् ।

प्राकृतिक सम्पदाले भरिपूर्ण पर्सा वन्यजन्तु आरक्ष घुम्न आउने आन्तरिक पर्यटकका लागि आरक्षभित्र रहेका चित्तल, बँदेल, मयूर जस्ता जनावर तथा पक्षी र बाघमोचन (टावर), माईस्थान, घोडे मसान, बुद्धेश्वर महादेव जस्ता तीर्थस्थल, चारकोसे झाडी, डापही दहजस्ता प्राकृतिक दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेका छन् ।

प्रदेश नम्बर २ मा पर्यटक आकर्षित गर्ने धेरै प्राकृतिक तथा प्राचीन सम्पदा रहेकाले यहाँ आउने पर्यटकका लागि बासस्थानका लागि होमस्टे स्थापना गर्ने क्रम बढ्दै गएको छ । पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रअन्तर्गत सुवर्णपुर गाविसको वडा नं २ र ९ मा १५ वटा होमस्टे स्थापना गरिएको जानकारी दिँदै होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पाण्डेले तर सरकारी उदासीनता र प्रचारप्रसारको अभावमा होमस्टे ओझेलमा पर्दै गइरहेको बताउनुभयो ।

व्यापक मात्रामा तथा सरकारीस्तरमा प्रचारप्रसार हुन नसक्दा यी होमस्टेमा प्रतिमहिना २५ देखि ५० जना आन्तरिक पर्यटक आउने यस क्षेत्रमा पिकनिक स्थल, स्थानीय वेशभूषा तथा संस्कृति झल्काउने सांस्कृतिक भवन निर्माण गर्ने लक्ष्य लिए पनि आर्थिक अभावका कारण सो गर्न नसकिएको सुवर्णपुरका मङ्गनी साहले बताउनुभयो ।

परम्परागत संस्कृति वेशभूषा रहनसहनको उद्गमस्थलका रुपमा रहेको सुवर्णपुरमा एउटा सांस्कृतिक भवन बनाउन सकिए यसले आन्तरिक पर्यटनलाई थप सेवा दिई आर्थिक विकास अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ । संस्कृति भवन काठमाडौँ, हेटाँैडा, सीमावर्ती भारतीय सहर जितपुर, तथा वीरगन्जबाट आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको होमस्टेमा स्थानीय विभिन्न किसिमका परिकार लोकप्रिय हुँदै गएका छन् ।

प्राकृतिक दृश्य, जैविक विविधताले भरिपूर्ण वनजङ्गल लोप भइरहेको अवस्थामा जङ्गली जनावर, चराचुरुङ्गी तथा ऐतिहासिकस्थलहरु पर्यटक लोभ्याउने मुख्य धरोहरका रुपमा रहेका छन् ।

प्रदेशको समृद्धिका लागि पर्यटन नै मुख्य आधार भएकाले यहाँ रहेका प्राकृतिक दृश्य ऐतिहासिक तथा प्राचीनस्थलको विकासमा सरकारले जोड दिनुपर्ने भनाई सुवर्णपुरवासीको रहेको छ ।

वि.सं.२०७३ माघ ६ बिहीवार ०५:३५ मा प्रकाशित

Himalayan Life AD
जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा नेपाललाई भारतमा सम्मानित

उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा नेपाललाई भारतमा सम्मानित

काठमाडौँ । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा...