back
CTIZAN AD

वरिष्ठ रंगकर्मी थापा सम्मानित

वि.सं.२०७३ माघ ६ बिहीवार

1.2K 

shares

hari-bdr-thapa

६ माघ, काठमाडौँ । राजधानीमा वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा सम्पानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले बुधबार नेपाल पर्यटन बोर्डमा आयोजना गरेको सम्मान एवं विमोचन समारोहमा थापा सम्मानित भएका हुन् । सोही समारोहमा थापा अभिनित दुई नाट्य एलबमहरु क्रमशः ” पाइलाहरु” र “जोडियोस भत्किएका मनहरु” समेत विमोचन गरिएको थियो ।
समारोहका प्रमुख अतिथिद्वय राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ सस्कृतिविद सत्यमोहन जोशीले थापालाई सम्मान एवं एल्बमहरुको लोकार्पण गर्नुभएको थियो । आयोजक सस्था अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहमा रङ्गकर्मी हरिबहादुर थापासम्बन्धी बृतचित्र पनि देखाइएको थियो ।
समारोहमा प्रमुख अतिथिद्वय राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ सस्कृतिविद सत्यमोहन जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, वरिष्ठ स्रष्टा अशेष मल्ल, अध्यक्ष राधेश्याम लेकाली, प्राज्ञ उन्नति बोहरा शीला, राजेन्द्र शलभ र सम्मानित स्रष्टा हरिबहादुर थापाले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।

वि.सं.२०७३ माघ ६ बिहीवार ०६:४४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...