back
CTIZAN AD

कोरोनाविरुद्धको पहिलो खोप लगाएपछि के भन्छन् त शुक्रराज अस्पतालका निर्देशक राजभण्डारी ?

वि.सं.२०७७ माघ १४ बुधवार

675 

shares

१४ माघ, काठमाडौं । नेपालमा आजदेखि सुरुभएको कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन् ।

राजभण्डारीले खोपका विषयमा विभिन्न आशंका पैदा भएको भएपनि आफूलाई खोपका बारेमा राम्रोसँग थाहा भएको बताउँदै खोप लगाएपछि आफूलाई केही नभएको भन्दै खुसी व्यक्त गरे ।

‘यो खोप लगाएपछि के हुन्छ होला, बेहोस हुन्छ होला वा के हुन्छ होला भनेर मानिसहरु भनिरहेका थिए । मलाई थाहा छ यो भ्याक्सिन एकदमै सेफ छ,’ उनले भने, ‘मैले आफूलाई निकै भाग्यमानी ठानेको छु किनकी पहिलोपटक लगाएको हुँ । म स्वास्थ्यकर्मी हुँ । संस्थाको प्रमुखको हैसियतले सबैको जिम्मेवारी मैले लिनुपर्छ मैले लगाएपछि मेरा स्वास्थ्यकर्मीहरुको हौसला बढ्छ भनेर लगाएको हुँ ।’

उनले कतिपय साथीहरु तथा आफन्तले कोरोना विरुद्धको पहिलो खोप आफूले लगाउने भन्ने निर्णय किन लिएको भन्दै चिन्ता व्यक्त गरेको बताउँदै आफूले लगाउँदा दोधारमा रहेका स्वास्थ्यकर्मी साथीहरु सबैले सुरक्षित रहेछ भनेर लाइनमा बसेर लगाएकोमा आफूलाई खुसी लागेको बताए ।

उनले यो भ्याक्सिन अत्यन्तै सुरक्षित रहेको र खोप लगाउँदा त्यस्तो कुनै नराम्रो महसुस नभएको बताउँदै आफ्नो परिवार र समुदाय सबैलाई सुरक्षित राख्नका लागि खोप लगाउन समेत सबैलाई अनुरोध गरेका छन् ।

 

वि.सं.२०७७ माघ १४ बुधवार १४:१५ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...