back
CTIZAN AD

मतदाता नामावली र निर्वाचन आयोगसम्बन्धी विधेयक समितिबाट पारित

वि.सं.२०७३ माघ १० सोमवार

786 

shares

१० माघ, काठमाडौँ  । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिले मतदाता नामावलीसम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी एकीकरण गर्न बनेको विधेयक २०७३ लाई पारित गरेको छ ।

मतदाता नामावलीसम्बन्धी विधेयकमा सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदानका लागि फोटोसहितको परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव परिएको समितिका सदस्य डा गङ्गाधर तुलाधरले जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचन आयोगसम्बन्धी विधेयकमा निर्वाचनको मिति सरकारले नै तोक्ने प्रावधान राखिएको छ । तर मिति तोक्नुपूर्व निर्वाचन आयोगको परामर्शलाई अनिवार्य गरिएको छ । ती दुवै विधेयक व्यवस्थापिका–संसद्मा मङ्गलबार पेस गरिने भएको छ ।

समितिमा पर्याप्त छलफल भएको हुनाले ती दुवै विधेयकमाथि दलीय आधारमा छलफल गरेर छिट्टै पारित गर्ने राजनीतिक दलले तयारी गरिरहेका छन् । समितिले निर्वाचनसँग सम्बन्धित विधेयकको कामलाई छिटो पूरा गर्न उपसमिति बनाएर काम गरिरहेको छ ।

उपसमितिमा हाल राजनीतिक दलसम्बन्धी विधेयकमाथि गहनरुपले छलफल भइरहेको छ । नेपालको संविधान कार्यान्वय गर्ने सन्दर्भमा आगामी २०७४ साल माघभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था भएअनुरुप समितिले निर्वाचनसम्बन्धी विधेयक माथिको छलफललाई पछिल्लो समयमा तीव्रता दिइरहेको छ ।

सरकारले प्रमुख राजनीतिक दलको सहमतिमा यही माघ १५ भित्र निर्वाचनको मिति घोषणा गर्ने गृहकार्य गरिरहेको बताइएको छ । निर्वाचन र संविधान संशोधन अहिले मुलुकको प्राथमिकताका कार्यभारका रुपमा रहेका छन् ।

वि.सं.२०७३ माघ १० सोमवार १४:३० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष...

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...