१९ माघ, मुगु । मुगुका एक वडाअध्यक्षले आफनै भत्ता खर्च गरेर स्थानीयलाई सार्वजनिक शौचालय बनाइदिएका छन् ।
वडाअध्यक्षको काम सम्हालेदेखि नै जनताको सेवामा अग्रसर देखिएका छाँयानाथ रारा नगरपालिका–४ का वडाअध्यक्ष बिष्णु कुमार भामले आफनो भत्ताबाट सार्बजनिक शौचालय बनाई दिएपछि बटुवाका लागि सहज भएको छ ।
वडाअध्यक्ष भामले आफनो चारवटा नगर सभाबाट प्राप्त गरेको भत्ताबाट गमगढीस्थित रेडक्रस नजिक महिला र पुरुषको लागि सार्बजनिक शौचालय निर्माण गरि उदहारणीय काम गरेका छन् । नगरपालिका वडा नम्बर दश, एघार, बाह्र तथा र मुगुम कामारोङ गाउँपालिकाको गाउँ बस्तीबाट गमगढी आउने र घर जाने बटुवालाई शौच गर्न कठिन भईरहेको अबस्थामा सेवा नै धर्म हो भन्ने उद्धेश्यले आफनो चारवटा नगरसभाको भत्ताबाट सार्वजानिक शौचालय निमार्ण गरेको अध्यक्ष भामको भनाई छ ।
गमगढीमा सार्बजनिक शौचालय नहुँदा महिला–पुरुष युवायुवतीलाई शौच गर्न धेरै समस्या हुने गरेको र शौच गर्न होटलमा जानुपर्ने खाजा नास्ता खानुपर्ने बाध्यता थियो वडाअध्यक्ष भामले शौचालय बनाई दिएपछि सजिलो भएको स्थानीय देवि बिकले बताए ।
उक्त शौचालय निमार्णमा करिब २८ हजार खर्च भएको पाइएको छ । नगरपालिकामा वडाअध्यक्ष भामलाई मनकारी वडाअध्यक्षका रुपमा सबैले चिन्ने गरेका छन् ।

भत्ताबाट गरिवलाई राहत
अध्यक्ष भामले वडाअध्यक्षको कामकाज सम्हालेदेखि आजसम्म आफनो भत्ताबाटै नगरभित्रका दलित गरिव स्थानीयलाई राहत उपलब्ध गराउदै आएका छन् । कलिलो उमेरमै वडाअध्यक्ष बनेका भाम जनताको सेवामुखी कार्यलाई पहिलो प्राथमिकता दिदै आएपछि स्थानीय आसावादी हुने गरेका छन् । उनले नगरबाट भत्ता बुझदासाथ गरिव, दलित तथा एकल महिलाको घरदैलोमा पुगेर राहत दिने गरेका छन् ।
बस्ती सुधारमा जोड
वडाअध्यक्ष भामले आफनो वडाभित्रका गाउँ बस्ति सुधारमा बिशेष जोड दिदै आएका छन् । वडाको बैठकबाट उपलब्धीमुलक निर्णय गरेर कार्यन्वयनमा जोड दिन अध्यक्ष भाम खटिएका छन् । वडाअध्यक्ष भामले तीन बर्षको अबधिभित्र राम्रा काम गर्दै अघि बढिरहेका छन् । वडा कार्यालय भवन निर्माण, एकघर एक पानीको धारो निर्माणलाई पहिलो प्राथमिक दिएका छन् ।
बाक्लो बस्ती रहेको भामबाडा गाउँमा बर्षाको समयमा हिलो हँुदा स्थानीयलाई आउ–जाउ गर्न कठिन हुन थालेपछि वडाअध्यक्ष भामले गाउँभरि आरसिसिबाट निर्माण गरि दिएपछि स्थानीय हर्षित भएका छन् । स्वास्थ्य भवन बिद्यालय सुधार योजना पनि अध्यक्ष भामको पहिलो प्राथमिकता छ ।

भ्रष्टचारको कडा बिरोध
वडाअध्यक्ष भामलाई पैसा कमाएर धनी बन्ने मन नभएको बताउँछन् । नगरबाट प्राप्त गरेको भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका भाम भ्रष्टचारको विरुद्धमा सधै वकालत गर्ने गर्छन् । आफनो वडाका गाउँबस्तीमा संचालित योजनामा भ्रष्टाचार हुन नदिन पारदर्शिता र जवाफदेहीताका काममा बिशेष अभियान नै सुरु गरेका छन् आफू पनि पैसाप्रति लोभ नगर्ने र अरुलाई पनि लोभ नगर्न अध्यक्ष भाम सुझाउँछन् । रकम हिनामिना भएका बिगतका योजनाहरुबाट पैसा असुल गरेर भामले स्थानीयलाई बाड्ने गरेको बताउँछन् ।
बन जोगाउन अग्रसर
‘हरियो बन नेपालको धन’ भन्ने नारालाई मध्यनजर गरि वडाअध्यक्ष भामले बन क्षेत्रमा डढेलो सल्किएको खण्डमा आफै तम्सिएर निभाउन जाने गरेका छन् । धेरैपटक भादालि बन क्षेत्रमा सल्किएको डडेलो वडाअध्यक्ष भामले गाउँले लिएर नियन्त्रण गर्न पुग्ने गरेका छन् । अर्कोतिर किसानलाई आफनो खेतबारी जग्गा जमिन बाँझो नराख्न र खेतीपाती गर्न बैठकबाटै आग्रह गरेका छन् । स्थानीय अन्नबाली उत्पादनमा भामले जोड दिएका छन् । सामाजिक बिसंगति बिकृति कुसस्कारलाई अन्त गर्न भामले अभियान चलाएका छन् ।
वि.सं.२०७७ माघ १९ सोमवार १३:०२ मा प्रकाशित






























