back
CTIZAN AD

मञ्जुश्री फाइनान्सको ऋणपत्र फागुन २ गतेसम्म विक्री खुला

वि.सं.२०७७ माघ २१ बुधवार

669 

shares

२१ माघ, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको ऋणपत्र फागुन २ गतेसम्म विक्री खुला हुने भएको छ । कम्पनीले माघ १८ गतेदेखि आठ वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको थियो । कम्पनीले ९ दशमलव ५ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू. ५० करोड बराबरको ५ लाख कित्ता कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।

कुल कित्तामध्य रू. ३० करोड बराबरको ३ लाख कित्ता कम्पनीले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. २० करोड बराबरको २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । सर्वसाधारणलाई छुट्याएको मध्यबाट ५ प्रतिशतका दरले १० हजार कित्ता ऋणपत्रि सामूहिक लगानीकोषमा बाँडफाँट गरी १ लाख ९० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो ।

छिटोमा माघ २१ गते र ढिलोमा फागुन २ गतेसम्म विक्रीमा रहने भनिएको यो ऋणपत्र छिटो अवधिभित्र वितरण हुन नसकेपछि ढिलो अवधिसम्म विक्री खुला गर्न लागेको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको ऋणपत्रलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्ध्मा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ ।

वि.सं.२०७७ माघ २१ बुधवार १०:५७ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...