२१ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिले एनआरएन संयोजक, प्रशिक्षण संयोजक र महिला संयोजक तोकेको छ ।
प्रवास प्रदेशका अध्यक्ष धन गुरुङको अध्यक्षता र मुख्यसचिव विश्वास दीप तिगेलाको संचालनमा सम्पन्न बैठकले अष्ट्रेलियामा रहेका सुवान चौलागाईँलाई एनआरएन समन्वय संयोजक तोकेको छ ।
त्यस्तै युएईमा रहेका डेरराज तमुलाई प्रशिक्षण संयोजक र जापानमा रहेकी सरिता ढकाललाई महिला संयोजक तोकेको छ ।
उक्त बैठकमा अष्ट्रेलियाबाट प्रवास विशेष प्रदेश समितिको सदस्यमा मनोनीत आशिष शेर्पालाई सपथ ग्रहण गराइएको थियो ।
संसारका विभिन्न २० मुलुकमा समितिहरु विस्तार गरेको जसपाको प्रवास विशेष प्रदेश समितिले नेपालबाट बाहिर रहेका सम्पूर्ण पार्टी नेता, कार्यकर्ता तथा मतादातालाई समेटने गरेको छ ।
वि.सं.२०७७ माघ २१ बुधवार १०:३३ मा प्रकाशित




























