२३ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनसमाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तानाशाहहरुद्धारा टिका लगाएकाहरु उनीहरुसँगै सती जाने भन्दै चेतावनी दिएका छन् ।
संबैधानिक आयोगहरुमा असंबैधानिक तरिकाबाट गरिएका नियुक्तिको टीका लगाएकाहरुलाई भोली जनताले सडकबाट तानशाहहरुलाई गलहत्याउँदा उनीहरु पनि तानशाहसँगै सती जाने भन्दै उनले चेतावनी दिएका हुन् ।
‘लोककोकतन्त्रका खम्बाका रूपमा कल्पना गरिएका संवैधानिक आयोग÷अंगहरूमा गैरसंवैधानिक ढंगले तानाशाहहरूद्वारा टीको लगाइएका महानुभावहरूले बेलैमा सोचून् भोलि जनताले सडकबाट तानाशाहहरूलाई गलहत्याए पछि तिमीहरू पनि उनीहरूसंगै एउटै चितामा सती जानेछौ !’ सामाजिक संजाल ट्विटरमा डा. भट्टराईले लेखेका छन् ।
ळोकतन्त्रका खम्बाका रूपमा कल्पना गरिएका संवैधानिक आयोग/अंगहरूमा गैरसंवैधानिक ढंगले तानाशाहहरूद्वारा टीको लगाइएका महानुभावहरूले बेलैमा सोचून्: भोलि जनताले सडकबाट तानाशाहहरूलाई गलहत्याए पछि तिमीहरू पनि उनीहरूसंगै एउटै चितामा सती जानेछौ! https://t.co/JbKtTTV1gm
— Baburam Bhattarai (@brb1954) February 5, 2021
वि.सं.२०७७ माघ २३ शुक्रवार १२:५८ मा प्रकाशित























