back
CTIZAN AD

नाका खुकुलो भएसँगै आवतजावतमा सहज

वि.सं.२०७७ माघ २५ आइतवार

603 

shares

२५ माघ, झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।

नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए । उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, असशक्तहरुलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरिएको स्वीकार गरे । “मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ”, उनले भने, “तर अन्यको हकमा भने पुरानौ अवस्था छ । खुकुलो बनाइएको छैन ।’’

उनले नेपालका अन्य सीमानाका खुलेपनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए । भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको थियो ।

वि.सं.२०७७ माघ २५ आइतवार ११:३२ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...