back
CTIZAN AD

फागुन ३ गते कोठा सर्दै प्रधानमन्त्री

वि.सं.२०७७ माघ २८ बुधवार

588 

shares

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फागुन ३ गते कोठा सर्दैछन् ।

२०७२ को भूकम्पका कारण दक्षिण गेटमा आगलागी भएको सिंहदरबारको मूल भवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएपछि प्रधानमन्त्रीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न लागिएको हो ।

रेट्रो फिटिङ सकिएपछि फागुन ३ गते सोमबारको साइतमा त्यसको उद्घाटन र त्यसैदिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानै ठाउँमा सर्ने भएको हो ।

भूकम्पका कारण मूल भवनमा ८० प्रतिशत क्षति भएको थियो । त्यसबेला सरकारले भवन भत्काएर नयाँ निर्माण गर्ने योजना बनायो । तर विश्व सम्पदा सूचीमा भएका कारण त्यसको पुरातात्विक महत्व लोप हुने गरी भवन बनाउन दिइएन ।

पाँच वर्षपछि उक्त भवनको रेट्रो फिटिङ गरिएको छ । त्यसको पुनर्निर्माणमा ८० करोड खर्च भएको समाचार बुधबारको जनआस्था दैनिकमा रहेको छ ।

 

वि.सं.२०७७ माघ २८ बुधवार ०९:२२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष...