माघ २८, काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौ तहका लागि पाँच सय बढी पदमा आवेदन माग गरेको छ । आयोगले बुधबार गोरखापत्रमा सूचना निकालेर आवेदन माग गरेको हो ।
आयोगले सब–इञ्जिनियिर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेञ्जरलगायत पदमा आवेदन माग गरेको हो । ५ सय बढिको संख्यामा मागिएको आवेदन पछिल्लो समयकै सबैभन्दा बढि पनि हो ।
आवेदन दरखास्त अनलाईबाट पनि भर्न सकिने लोकसेवा जनाएको छ ।
वि.सं.२०७७ माघ २८ बुधवार ११:४३ मा प्रकाशित






























