back
CTIZAN AD

नियन्त्रित लागूऔषध कारोबार गरेको अभियोगमा बागबजारकी लामासहित पाँचजना पक्राउ

वि.सं.२०७७ माघ २८ बुधवार

753 

shares

२८ माघ, काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२८ बागबजारकी ४० वर्षीया कमला लामा, महानगरपालिका–१२ टेकु बस्ने भारत बिहारका ३० वर्षीय गोविन्द पोद्दार, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का ३२ वर्षीय मान बहादुर तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ ठेगाना भएका ३३ वर्षीय शुवाश श्रेष्ठ र तेमाल गाउँपालिका–६ ठेगाना भएकी ३६ वर्षीया सिता राना मगर रहेका छन् ।

पक्राउ परेकामध्ये लामाको साथबाट नियन्त्रित लागूऔषध ३२ एम्पुल बुप्रेनोर्फिन (नूफिन), ५० एम्पुल बुप्रेनोर्फिन (लुपिजेसिक), १ सय ९१ एम्पुल डाईजेपाम र नगद ४० हजार रुपैयाँ, पोद्दारको साथबाट नियन्त्रित लागूऔषध ११ एम्पुल बुप्रेनोर्फिन (नुफिन), १२ एम्पुल डाइजेपाम र ९ एम्पुल फेनारगन, तामाङको साथबाट नियन्त्रित लागूऔषध ५ एम्पुल डाइजेपाम, ५ एम्पुल बुप्रेनोर्फिन र ५ एम्पुल फेनारगन, श्रेष्ठको साथबाट नियन्त्रित लागूऔषध १ सय ८७ एम्पुल डाइजेपाम, २ सय ९ एम्पुल बुप्रेनोर्फिन, १ सय ४१ एम्पुल फेनारगन र नगद ५० हजार ५ सय रुपैयाँ र मगरको साथबाट नियन्त्रित लागूऔषध २६ एम्पुल बुप्रेनोर्फिन, २६ एम्पुल डाइजेपाम र २६ एम्पुल फेनारगन प्रहरीले बरामद गरेको हो ।

वि.सं.२०७७ माघ २८ बुधवार १२:५० मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...