back
CTIZAN AD

वैद्य र विप्लवसहितका चार वामपन्थी पार्टीद्धारा संयुक्त रणनैतिक मोर्चाको घोषणा

वि.सं.२०७७ माघ २९ बिहीवार

729 

shares

माघ २९, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार बामपन्थी पार्टीले संयुक्त रणनैतिक मोर्चाको घोषणा गरेका छन् । बिहिबार प्रज्ञा भवनमा एक कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन् ।

रणनैतिक मोर्चामा विप्लव नेतृत्वको नेकपासहित मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहूति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी रहेको छ ।

चारै पार्टीले नेपालको तत्कालीन तथा दीर्घकालिन समस्याको समाधान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ता नहुने निष्कर्ष निकालेका छन् । चारै पार्टीको निष्कर्ष क्रान्तिद्धारा जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्छ भन्ने छ । उक्त व्यवस्था ल्याउनका लागि संयुक्त रणनैतिक मोर्चाको घोषणा गरिएको जनाइएको छ ।

Image

हाललाई सिपी गजुरेलको नेतृत्वमा १५ सदस्यीय मोर्चाको घोषणा गरिएको छ । जहाँ चार वटै पार्टीका नेतालाई मिलाएर राखिएको छ ।

साथै संयुक्त मोर्चाले चरणबद्ध संघर्षका कार्यक्रम पनि घोषणा गरेको छ । मोर्चाले पहिलो चरणको संघर्षको कार्यक्रमअन्तर्गत आगामी माघ २९ गते काठमाडौं, फागुन ६ गते बुटवल, फागुन १४ गते धनगढी र फागुन १५ गते इटहरीमा जनसभा गर्ने पनि बताएको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १६:१४ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...