२ फागुन, काठमाडौं । नुवाकोटका दुप्चेश्वर नगरपालिका ४ का ३७ वर्षीय दीपेश लामा आफ्नै कोठामा मृत फेला परेका छन् ।
काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने लामा आफ्नै डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिका–८ को बागमती खोला किनारमा सोही महानगरपालिका ७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ फागुन २ आइतवार १४:३८ मा प्रकाशित






























