back
CTIZAN AD

स्तब्ध पार्ने सत्य घटना : छिमेकी महिलाको हत्या गरि मुटु झिकियो र आलुसँगै पकाएर खाना तयार गरियो

वि.सं.२०७७ फागुन १३ बिहीवार

909 

shares

१३ फागुन । मान्छे कतिसम्म क्रुर हुन्छ भने हालै अमेरिकामा भएको एक घटनाले बताउँछ । अमेरिकामा एक हत्या आरोपीले आफ्नो छिमेकी महिलालाई मारी उनको मुटु निकालेर आलुसँगै पकाए र आफन्तहरुलाई  खान दिए । आफन्तहरूलाई उसलाई समातेर पिटे । यो मुद्धालाई अमेरिकी पुलिसले जघन्य अपराधको रुपमा अनुसन्धान गरिरहेको छ ।

घटना संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा शहरको हो । प्रहरीका अनुसार सुन्दा पनि स्तब्ध बनाउने यो दुखद् घटना लरेन्स पल एन्डरसन(Lawrence Paul Anderson) नामक एक व्यक्तिले गरेका थिए । लरेन्सले आफ्नो छिमेकी महिलालाई मारेर उनको मुटु निकाले । त्यसपछि उ त्यो मुटु लिएर आफ्नो अंकलको घरमा गए ।

अंकलको घरमा उसले मुटुलाई आलुको साथमा पकायो । पकाएपछि उसले मुटुलाई आफ्नो अंकल तथा अन्टिका अगाडि खानका लागि पस्किदिए । यसपछि उसले अंकलको चार वर्षकी नातिलाई पनि मारे । अन्टिलाई गम्भिर घाइते बनाए । लरेन्सको यो जघन्य हत्याको घटनाको वृतान्त ओक्लोहोमा पुलिसले चिकासास्थित ग्रैडी काउन्टि कोर्टमा सुनाएका हुन् । पुलिसले कोर्टमा वारेन्ट पेश गरेको थियो, जसमा लेखिएको थियो – लरेन्सले आफ्नो छिमेकी महिलाको मुटु निकाले र आलुका साथ पकाएर आफ्ना आफन्तलाई खानाका लागि दिए । ती महिला भित्रको सैतान निकाल्नका लागि लरेन्सले हत्या गरेका थिए । घटना हो, ९ फ्रेबुअरीको । यसको एक हप्ता पहिला लरेन्स जेलबाट जनरल कम्युुटेशन बाहिर आएका थिए । उसलाई अक्लोहोमाका गर्वनर केबिन स्टिटले जेलबाट बाहिर जाने अनुमति दिएका थिए । लरेन्सले बाहिर आए लगत्तै यति ठूलो अपराध गरेका थिए । पुलिसले कोर्टलाई बतायो की लरेन्स ड्रग्स मुद्धामा सन् २०१७ मे मा २० वर्षका लागि जेल सजाय सुनाइएको थियो । लरेन्सले हत्याको सारा अपराध स्वीकार गरेका छन् । उनलाई जेल पठाइएको छ ।
(एजेन्सिको सहयोगमा ) Pic-AP

वि.सं.२०७७ फागुन १३ बिहीवार १८:१४ मा प्रकाशित