back

सामाजिक अभियन्ता शरिनले गरिन् समलिङ्गी विवाह

वि.सं.२०७७ फागुन १७ सोमवार

303 

shares
NTC AD
Global IME AD

१७ फागुन, काठमाडौं । सामाजिक अभियन्ता शरिन ख्युङ्वा तामाङले समलिङ्गी विवाह गरेकी छन् ।

बैदेशिक रोजगारीका क्रममा इजरायलमा रहँदा विभिन्न देशमा समस्यामा रहेका नेपालीको बारेमा आवाज उठाउँदै आएकी तथा देशमा दैवी प्रकोप लगायतका समस्या पर्दा सहयोगको अभियान समेत चलाउँदै आएकी तामाङले देवी कार्कीसँग समलिङ्गी विवाह गरेकी हुन् ।

दुई छोराछोरीकी आमा समेत रहेकी तामाङले कार्की र आफ्नो बुवा आमाको आर्शिवाद लिएर आफूहरुबीच रहेको दुईवर्षदेखिको निस्वार्थ मायालाई पहिचान दिन सफल भएको र जिन्दगीको दोस्रो अध्याय सुरु भएको बताएकी छन् ।

दुई सन्तानकी आमा समेत भइसकेकी शरिनको यो कदमको सामाजिक संजालमा धेरैले स्वागत गर्दै दुवैको वैवाहिक जीवनको सफलताको कामना गरेका छन् ।

बधाई छ शरिन ख्युङ्वा तामाङ नाना???❤️??

Posted by Sonam Tamang on Sunday, February 28, 2021

उनलाई शुभकामना दिँदै केहीले समलिङ्गी ब्यवहार कुनै पाप नभएको र यो पनि ईश्वरकै देन रहेकोले सबैलाइ आ–आफ्नो तरिकाले बाच्ने अधिकार रहेको बताएका छन् भने केहीले हिन्दुसंस्कार विरुद्धमा गरिएको यस्तो कार्य भनेर विरोध गरेका छन् ।

त्यस्तै समाजसेवी जुनु पुनले वैवाहिक जीवनको शुभकामना दिदै हिम्मत यसरी हुने भन्दै दुनियाँले के भन्छ ,दुनियाँको पछि नलाग्न सुझाव दिँदै भनेकी छन्, ‘जिन्दगी एक अर्कोले जिउने हो, भन्ने ले जे सुकै भनु्न् माया पिरती अमर हो ।’

वि.सं.२०७७ फागुन १७ सोमवार ११:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको अर्थमन्त्रीको भनाइ

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको अर्थमन्त्रीको भनाइ

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य...

सात जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

सात जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ ।...

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...