back

आज बिहीवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

वि.सं.२०७७ चैत ५ बिहीवार

105 

shares
NTC AD
Global IME AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ । साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । तर, भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ । हुलमुलमा धनमाल सुरक्षामा अलि सतर्कता अपनाउनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएको काम बन्नाले जिम्मेवारी बढ्नेछ ।विशेष भेटघाटले उत्साह बढाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ । व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर नै लाभ उठाउने समय छ । साँझतिर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको चाप र जिम्मेवारी बढ्ने देखिन्छ । तापनि आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला । सुरुमा चुनौती सामना गर्नुपरे पनि साँझतिर स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउन सक्छ । कामले सम्मानित स्थान दिलाउनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ । कामको चाप बढ्नेछ भने आर्थिक रूपमा पनि अभाव अनुभूति हुनेछ । साँझतिर स्थितिमा केही सुधार आउनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । रोकिएका काम गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ । साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र कामबाट मनग्य लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत गर्दा प्रतिफल हासिल गर्न सकिनेछ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । रोकिएका काम बन्नाले साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ । शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन् । उपलब्धिका लागि प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति भने आउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरमा दिएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । दिगो प्रयत्नले मात्र काम बनाउन सकिनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने आफन्तसँग केही असमझदारी बढ्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । कामले सम्मानित स्थान दिलाउनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ । साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ ।

२०७७ चैत ५ गते, बिहीवार, (१८ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बुधबार) को राशिफल भन्छ-आज यी चार राशिकालाई हुनेछ विशेष फाइदा !

 

वि.सं.२०७७ चैत ५ बिहीवार ०७:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD