back
CTIZAN AD

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौं बिच सम्झौता

वि.सं.२०७७ चैत ६ शुक्रवार

831 

shares

६ चैत्र, काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल औषधिव्यवसायी संघ, काठमाण्डौं बिच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र श्री बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधिव्यवसायी संघ, काठमाण्डौंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुखश्री भरत भट्टराई ज्युको उपस्थिती रहेको थियो ।

साझेदारीको बारेमाबोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख श्रीनिरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंक औषधिव्यवसायीहरुलाई वित्तियपहुचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।

हामीे औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं। हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुका वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउनेछ । साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुस“ग आबद्घ हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।”

वि.सं.२०७७ चैत ६ शुक्रवार १६:५१ मा प्रकाशित

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...