back
CTIZAN AD

पहिलो एकदिवसीयमा भारतको शानदार जित, डेब्यू गरेका खेलाडीइको उत्कृष्ट प्रदर्शन

वि.सं.२०७७ चैत ११ बुधवार

699 

shares

११ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको पहिलो एकदिवसीयमा भारतले ६६ रनको शानदान जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३१५ रन बनाएको थियो । भारतका लागि ब्याटिङ्गमा शिखर धवनले सर्वाधिक ९८ रन बनाएका थिए । त्यसैगरी एकदिवसीय क्रिकेउटमा डेब्यू गरेको कुणाल पांड्याले ५८, केएल राहुलले ६२, र विराटको कोहलीले ५६ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने बेन स्टोक्सले सर्वाधिक ३ विकेट हात पार्न सफल भएका थिए ।

भारतले दिएको ३१६ रनको विशाल लक्ष्य पछाउको इंल्याण्डको टिमले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । इंल्याण्ड क्रिकेट टिम ४२.१ ओभरमा २५१ रन बनाएर अलआउट हुन पुगेको थियो । इंल्याण्डका दुवै ओपनर मिलेर १३५ रनको साझेदारी निभाएका थिए । ओपनर जोनी बेयरस्टोले इंल्याण्डका लागि सर्वाधिक ९४ रन बनाएका थिए । राम्रो सुरुवात गरेको इंल्याण्डले लगातार विकेट गुमाउदैँ गएपछि पुरै टिम २५१ रनमा समेटिएको हो । भारतका लागि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेका प्रसिद्ध कृष्णले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट हात पारेका थिए ।

जितसँगै भारतले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ चैत ११ बुधवार १०:१३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...