back
CTIZAN AD

सिरदली-चौडेनी सडक स्तरोन्नति

वि.सं.२०८३ जेठ २४ आइतवार

66 

shares

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ ।

बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडक ग्रामीण जनजीवनका लागि महत्त्वपूर्ण मानिन्छ । वडाले हरेक वर्ष सडक मर्मत तथा स्तरोन्नतिका कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । करिब नौ किलोमिटर लम्बाइ रहेको उक्त सडकको विस्तारकार्य २०६५ सालदेखि कच्ची सडकका रूपमा सुरु गरिएको थियो ।

प्रारम्भिक चरणमा सामान्य ट्रयाक खोलिएको सडकलाई पछिल्ला वर्षहरूमा क्रमशः स्तरोन्नति गर्दै ग्राभेल, सोलिङ, नाली निर्माण तथा चौडाइ विस्तारजस्ता कार्य गरिँदै आएको छ । यसले गर्दा अहिले सडक अधिकांश समय सवारीसाधन सञ्चालनयोग्य बनेको छ ।

उक्त सडकले साविकका वडा नं १ देखि ६ सम्मका बस्तीलाई प्रत्यक्ष रूपमा जोडेको छ । वडासदस्य जीवन राईका अनुसार सडक स्तरोन्नतिपछि गाउँबस्तीका नागरिकले बजार, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य सेवामा सहज पहुँच पाएका छन् । “सडक स्तरोन्नति गरिएपछि आवतजावतमा सहजता छ । यसले दैनिक जीवनमा राहत मिलेको छ”, उनले भने ।

वडाध्यक्ष बालचन्द्र राईका अनुसार सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने उद्देश्यले योजनाबद्ध रूपमा काम भइरहेको छ । वर्षायाममा सडक बिग्रिने समस्या बढी हुने भएकाले नाली व्यवस्थापन, पानी निकास, ग्राभेल बिछ्याउने र आवश्यक ठाउँमा सोलिङ गर्ने काम निरन्तर भइरहेको उनले जानकारी दिए । उनका अनुसार आवश्यकताअनुसार सडकका जोखिमयुक्त स्थानमा संरक्षणका संरचना निर्माण गर्ने योजनासमेत अघि बढाइएको छ ।

यसअघि वर्षायाममा हिलाम्मे र चिप्लो हुने तथा हिउँद याममा धुलाम्मे हुने समस्याका कारण आवतजावतमा कठिनाइ हुने गरेको थियो । तर पछिल्लो स्तरोन्नतिसँगै यस्ता समस्या क्रमशः घट्दै गएका छन् । सडक सुधारपछि एम्बुलेन्स सेवा सञ्चालनमा सहजतासँगै बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन सकिने भएको स्थानीयवासी पदम राईले बताए ।

त्यसैगरी, कृषि उत्पादन ढुवानीमा समेत सहजता आएको छ । तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बजारसम्म लैजान सहज भएपछि किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । यातायात पहुँच सुधारसँगै स्थानीय व्यापार–व्यवसाय विस्तार हुने सम्भावना पनि बढेको छ ।

स्थानीय तहको निरन्तर लगानी, जनसहभागिता तथा योजना कार्यान्वयनमा देखिएको सक्रियताका कारण सडक पूर्वाधारमा सुधार हुँदै गएको छ । वडाले आगामी दिनमा थप बजेट व्यवस्थापन गरी सडकलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिएको छ ।

वि.सं.२०८३ जेठ २४ आइतवार १२:३५ मा प्रकाशित

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...