back
CTIZAN AD

भिरको डिलमा माधव नेपाल

वि.सं.२०७७ चैत २१ शनिवार

951 

shares

लाल गद्दार बन्नबाट कमरेड नेपाल जोगिनुस । कमरेड नेपाल भिरको गल्छेडिबाट उम्कीनुस र एमालेको मुलप्रवाहमा समाहित हुनुहोस जुन तपाईको स्वास्थ्यलाइ नै हितकारी हुनेछ ।

जननेतामदन भण्डारी सधै भन्ने गर्नुहुन्थ्यो गल्ती हुन सक्छन्, कमजोरीबाट पाठ सिक्दै भविष्यका योजना बनाउनु नै बुद्धिमानी हुन्छ । तर मदनका लामो समयका सहयोद्धा माधवकुमार नेपाल भने गल्तीमाथि गल्ती गर्न उद्धत देखिनु हुन्छ ।
राजनितिक जीवनको उत्तर्राद्धमा रहेका सत्तासीन दलका वरीष्ठ नेता नेपाल अहिले राजनितिक जीवनको सबैभन्दा कठिन मोडमा हुनुहुन्छ । कालीदासले जस्तै टुप्पामा बसेर फेँद काट्ने कामको सुरुवात नेपालले नै गर्नुभएको हो । र अहिले आधा काटिएर झुण्डीएको टुप्पो सहित नेपालतारे भिरको डिलमा अडिनु भएको छ । बाँच्ने आसामा हल्लीदा हाँगो लाछीएर भिरको गल्छेडिमा खस्ने सम्भावना र नहल्लीदा कति समय अक्करे भिरमा अड्कीने । अहिले पुर्व प्रधानमन्त्री समेत रहेका नेपालको अवस्था यस्तै छ ।

लामो समय पार्टीको सुप्रिमो रहेका नेपाल अक्करे भिरको यात्री बन्नुका पछाडि उहाँ आफै मुख्यकारक हुनुहुन्छ । नेपालको अधोयात्राका केहि बाह्य कारक रहे पनि उहाँ आफ्नै कारण अप्ठ्यारोमा पर्नु भएको हो । उहाँका सहयात्रीहरुका अनुसार नेपाल सधै सक्ती केन्द्रीत गर्न चाहानुहुन्छ । तर सिघ्र निर्णय क्षमताको अभाव र स्पस्ट दृष्टी दोषका कारण समय नेपाल अनुकुल प्राय वनिरहेको हुँदैन । यसकारण उहाँ सधै हतार र हतास देखिनुहुन्छ ।

पछिल्लो पटकको अप्ठ्यारो पनि नेपाल आफैले सृजना गर्नु भएको हो । इतिहास देखिकै उहाँको बानीले अहिले आएरमात्रै उहाँलाई अप्ठ्यारो पारको हो ।

सिपीको आरोप
सिपी मैनाली मालेका सँस्थापक महासचिव हुनुहुन्छ । अर्थात कमरेड नेपालका पनि नेता ! यस पङ्गतीकारसँगको एक अन्तरवार्तामा कमरेड मैनालीले कमरेड नेपालआफ्नो स्पस्ट बिचार र सैैद्धान्तीक आचरण नभएका नेता भएको आरोप लगाउनु भएको थियो । सिपीको आरोप थियो बैचारीक अस्पस्टताका कारण कमरेड नेपालको नेतृत्व सफल हुँदैन । कुण्ठाका कारण अरुलाई सफल हुन नदिन नेपालले आफ्ना सवै दाउ चलाउनुहुन्छ ।

०३७ सालको जनमत सङ्ग्रहको वेला तत्कालीन महासचिवलाई असफल बनाउन नेपाललेनै जनमत संग्रह बहिस्कारको नारा अगाडी ल्याउनु भएको मैनालीको आरोप छ । सुरुमा जनमत संग्रह बहिस्कारको नाराका कारण तत्कालीन माले पार्टि बदनाम भएको मैनालीले बताउनु भएको थियो । मोहनविक्रम, मोहन बैद्य र माधव तिन म काकारण त्यति बेला पंञ्चायतले जित्ने वातावरण बनेको थियो ।

पहिलो सँविधानसभामा कमजोर प्रर्दशन
०६३ को सफल आन्दोलनपछि नेपाल नयाँ कोर्षमा प्रवेश गरेको थियो । अझ भनौ देश नेकपा एमालेको लाइनमा हिँडेको यियो । कमरेड मदनले ०४७को सँविधानमा राखेका असहमतीका २६ बुँदाको सेरोफेरोमा देशको राजनिती अगाडी बढेको थियो ।

नेकपा एमालेको इतिहासमा उक्त निर्वाचन कमरेड माधव नेपालको एकल नेतृतवमा लडिएको थियो । यस अघि मदन र मनमोहनको छाँयामा परेका नेपाललाई आफ्नो सार्मथ्य देखाउने अवसर समेत थियो ।

यसभन्दा वढि तत्कालीन अवस्था एमालेको पक्षमा अनुकुल थियो । विभिन्न सर्भेक्षण र धेरै विश्लेषकहरुले एमालेले सँविधान सभामा लिड गर्ने बताइरहेका थिए । तत्कालीन अवस्थामा सवभन्दा सँगठित दल भएकाले पनि निर्वाचन एमालेको पक्षमा हुने अनुमान गर्न सकिन्थ्यो । माओवादीप्रतीको जन अविस्वास र काङ्ग्रेसप्रतिको असन्तोषलाई एमालेले क्यास गर्न सक्ने ब्यापक सम्भावना तत्कालीन अवस्थामा थियो । तर परीणाम एमालेको लज्जाजनक पराजयभयो । पार्टी सुप्रिमो नेपालले समेत पराजय बेर्होनु परयो ।

यसका पछाडीको मुलकारण महासचिव नेपालको ढुलमुले चरीत्रनै थियो । उहाँको राजनैतिक अस्पस्टता र आफू अनुकुल समयलाई समेत क्यास गर्ने योग्यताको अभावका कारण एमाले पराजितभयो भने कमरेड नेपाल ढल्नु भयो ।

नेपालको ओरालो यात्रा
पहिलो सँविधान सभामा पार्टीलाई राम्रो पोजिसन दिन नसके देखिनै माधव नेपालको आरालो यात्रा सुरु भएको हो । वुटवल महाधिवेशनमा पदको आकाक्षी नदेखिदा, निर्वाचन परीणाम लगत्तै नैतिकताको आधार देखाएर राजिनामा दिँदा नेपालको कद केहि बढेको पनीथियो । तर जुन थालमा खायो उहि थालमा छेद गर्ने बानीले नेपाल यात्रा ओरालीएको छ ।
पछिल्लो समयमा त पुष्पकमल दाहाल सँगबाट होमवर्क ल्याएर प्रधानमन्त्री तथा अध्यक्ष ओली बिरुद्धको विष बमनले नेपाललाई रसातल तर्फ धकेलिरहेको सहजै देख्न सकिन्छ ।

र अन्त्यमा
नेपालको कम्युनिस्ट आन्दोलनमा क। माधव नेपालले महत्त्वपूर्ण योगदान पुर्याउनु भएको कुरा घाम झै झर्लङ्गै छ। उहाँले पार्टी निर्माणमा अहम् भुमिका खेल्नु भएको सास्वत सत्यलाई आत्मसात गर्दै क. प्रचण्ड र केपी ओली दुई पार्टीका अध्यक्ष बिच सहमति कायम हुदा मात्रै जोगिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कलह उत्पन्न गराई शक्ति आर्जन गर्दै, केपी ओलीलाई सत्ताच्युत गर्ने खेलमा सामेल भएको गलत भूमिकालाई बिर्सिएर, फागुन २३ को सर्बोच्चको फैसला पछीका अभिव्यक्ति, क्रीयाकलाप, भेटघाट देखि प्रज्ञा डवलीको अमिलो डकारलाई मात्रै मध्यनजर गर्ने हो भने पनी क. नेपालको उग्रतालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले टुलुटुलु हेरेर बस्न हुने थिएन र घोक्रीएर आएकाहरुको तान्डव नृत्य झोक्रीएर हेरिरहदा एमालेको जग खलवलिन सक्थ्यो । त्यसैले एमाले जोगाउन, एमाले भित्रै उहाको समेत भविस्य सुनिश्चित गर्न केहि समय निलम्बन आवस्यक थियो। पार्टीले सुझबुझपुर्ण ढंगले सहि निर्णय गरेको छ ।

ब्यक्तिको पछि लाग्न हुन्न भनेर नथाक्नेहरुअबस्य कुवाटो हिड्नु हुन्न। पार्टी निर्णय मानौ, बिधिपद्धतिको वाटो हिडौ, हिजो गुटमा लाग्ने छुट थियो अब अलग पार्टी बनाउन कदापिदिईने छैन। एमाले कसैको होइन सबैको हो हरेकले कर्मको फल भोग्नै पर्छ । निलम्बन पछी असल भुमिका खेल्ने हो भने फेरि सबैको प्रीय हुन रत्तिभर बेर लाग्दैन, लाल गद्दार बन्नबाट कमरेड नेपाल जोगिनुस । कमरेड नेपाल भिरको गल्छेडिबाट उम्कीनुस र एमालेको मुलप्रवाहमा समाहित हुनुहोस जुन तपाईको स्वास्थ्यलाइ नै हितकारी हुनेछ ।

वि.सं.२०७७ चैत २१ शनिवार १४:११ मा प्रकाशित

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...