back
CTIZAN AD

गैरआवासीय नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुँदै, प्रथम हुनेलाई एक हजार डलर पुरस्कार

वि.सं.२०७७ चैत २१ शनिवार

660 

shares

२१ चैत्र, काठमाडौँ । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको हो। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेकाे हाे। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुने बताइएको छ । यस प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने एकजनालाई एक हजार डलरको पुरस्कार प्रदान गरिनेछ। यसैगरी दोश्रो हुनेलाई पाँच सय डलर र तेश्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ। यस्तै अंग्रेजी भाषामा लेखिएको उत्कृष्ठ एक कवितालाई दुई सय डलर पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिले यस अघि सार्वजनिक सूचना आव्हान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरुलाई कविता माग गरेको थियो। सोही अनुसार गत जनवरी २५ तारिखभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिएका छन्। ‘प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो’ संयोजक वाग्लेको भनाई छ।

एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले दुई संस्था सहकार्य गरेर पहिलोपटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए। थापाका अनुसार, भर्चुअल (जुम) प्रविधि मार्फत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेती प्रमूख अतिथि रहने छन्। यसैगरी दोश्रो पुस्ताका एनआरएन साहित्यकारहरु, देशभित्र र प्रवासका नेपाली वरिष्ठ साहित्यकारहरुसहित एनआरएनए र अनेसासका पदाधिकारीहरु समेत सहभागी हुने प्रबद्र्धन समितिका अध्यक्ष थापाले बताए ।

ुयस कविता प्रतियोगिताले अनेसास र एनआरएनए प्रवासमा नेपाली भाषा, साहित्यको बिस्तार र समृद्धिमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा अगाडि संगै जान सक्ने मार्ग प्रशस्त समेत गरेको छ’ अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले भने । साथै दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपाली भाषा साहित्यलाई माया गरिरहन प्रेरणा दिने पनि अध्यक्ष पौडेलले बताए ।

प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मूलका सर्जकहरुको रचना प्राप्त भएको आयोजकले जानकारी गराएको छ। जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ठ १० वटा कविता छनौट गर्नेछ भने तीन वटा कविता अंग्रेजी भाषाबाट छानिनेछ। छानिएका यिनै रचनाका सर्जकहरुलाई प्रतियोगितामा आ आफ्ना कविता प्रत्यक्ष वाचन गराईनेछ। यसरी वाचन गरिएका मध्ये उत्कृष्ठ तीन नेपाली र एक अंग्रेजी भाषाको कवितालाई निर्णायकहरुले विजेता घोषित गर्नेछन्।

वरिष्ठ कवि बैरागी काइँला मूख्य निर्णायक रहने प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमूख प्राध्यापक डाक्टर हेमनाथ पौडेल र डाक्टर विन्दु शर्मा निर्णायक रहेका छन् भने अंग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौडेल रहेको बताइएको छ ।

वि.सं.२०७७ चैत २१ शनिवार १३:३४ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...