back
CTIZAN AD

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २३ शनिवार

519 

shares

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिकहरूलाई त्यहाँको कानुन, श्रम अधिकार, सामाजिक सुरक्षा तथा कन्सुलर सेवाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले कतारमा बसोबास तथा रोजगारीका क्रममा पालना गर्नुपर्ने नियम–कानुनबारे जानकारी दिँदै सम्भावित जोखिमहरूबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरे।

राजदूतावासकी श्रम सहचारी सीता दुवाडीले नेपालको श्रम कानुन, श्रम स्वीकृति प्रक्रिया तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा प्राप्त हुने सुविधाबारे सहभागीहरूलाई जानकारी गराइन्।

त्यसैगरी, राजदूतावासकी द्वितीय सचिव स्मारिका सुवेदीले राहदानी नवीकरण, कन्सुलर सेवा तथा राजदूतावासबाट प्रदान गरिने अन्य सेवासम्बन्धी जानकारी दिइन्।

कार्यक्रममा कतारस्थित हिमाल रेमिटका प्रतिनिधि वेनुप्रसाद तिम्सिनाले औपचारिक बैंकिङ प्रणालीमार्फत विप्रेषण पठाउँदाका फाइदा र अनौपचारिक माध्यम प्रयोग गर्दा हुन सक्ने जोखिमबारे सचेतना प्रदान गरे।

कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले कतारमा कार्यरत नेपाली श्रमिकहरूलाई स्थानीय श्रम कानुनको पूर्ण पालना गर्न, आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रहन तथा सुरक्षित र मर्यादित रूपमा रोजगारी गर्न आग्रह गरे।

राजदूतावासले यस्ता कार्यक्रमले नेपाली श्रमिकहरूलाई आवश्यक जानकारी प्रदान गर्दै उनीहरूको सुरक्षा, अधिकार संरक्षण र कानुनी सचेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८३ जेठ २३ शनिवार १०:२१ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...