back
CTIZAN AD

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

वि.सं.२०८३ जेठ २३ शनिवार

303 

shares

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारासहित ७३औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाएको छ। कार्यक्रममा नेपाल र पाकिस्तानबीच पर्वतारोहण तथा साहसिक पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।

परराष्ट्रमन्त्री शिशिर खनालको विशेष भिडियो सन्देशबाट सुरु भएको कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहण भएको ऐतिहासिक दिनको स्मरण गर्दै सगरमाथा मानव साहस, इच्छाशक्ति, सहनशीलता र अन्तरराष्ट्रिय सहकार्यको प्रतीक भएको बताइन् ।

उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो वातावरणीय क्षयीकरण र हिमनदी पग्लिने समस्याप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधानका लागि प्रभावकारी अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । साथै, नेपालले सञ्चालन गरिरहेको ‘क्यास फर ट्र्यास’ अभियान, ‘नेपाल वेलनेस वर्ष–२०२७’ र ‘भिजिट नेपाल वर्ष–२०२८’ जस्ता कार्यक्रममार्फत नेपाललाई दिगो तथा उच्च मूल्ययुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी दिइन्।

कार्यक्रममा प्रधानमन्त्रीका पर्यटन सल्लाहकार तथा राष्ट्रिय पर्यटन संयोजक सरदार यासिर इल्यास खान, पाकिस्तान पर्यटन विकास निगम (पीटीडीसी) का प्रबन्ध निर्देशक अफ्ताब उर रहमान राना तथा अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अरशदले नेपाल र पाकिस्तानबीच पर्वतारोहणसम्बन्धी अनुभव, सीप र अभ्यास आदानप्रदान गर्दै सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा राजदूत धितालले सगरमाथाको सफल आरोहण गरेका चार पाकिस्तानी पर्वतारोहीलाई सम्मान गर्नुभएको थियो। सम्मानित पर्वतारोहीहरूले आफ्ना आरोहण अनुभव सहभागीहरूसँग साझा गरेका थिए।

दूतावासका काउन्सिलर पुरुषोत्तम ढुङ्गेलले नेपालको साहसिक पर्यटनका विविध सम्भावनाबारे जानकारी गराएका थिए । कार्यक्रममा विश्वका अग्ला हिमाल, हिमशृङ्खला तथा साहसिक पर्यटन गतिविधिसम्बन्धी श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रममा पाकिस्तानका सगरमाथा आरोही, उच्च सरकारी अधिकारी, विभिन्न देशका राजदूत तथा उच्चायुक्त, कूटनीतिज्ञ र पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको दूतावासले जनाएको छ।

वि.सं.२०८३ जेठ २३ शनिवार १०:२५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...