back
CTIZAN AD

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा बढ्दै तापक्रम

वि.सं.२०८३ जेठ २३ शनिवार

315 

shares

काठमाडौँ । मुलुकमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको प्रभाव सक्रिय बनेसँगै देशका विभिन्न भागमा मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहे पनि तराईका जिल्लामा तापक्रम बढ्दै जाने जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षाको प्रभाव देखिएको छ।

यता, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। वर्षा भए पनि तराईका जिल्लामा तापक्रम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बढ्दो गर्मी र तातो लहरबाट जोगिन मौसमविद्हरूले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, हल्का र सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन्।

महाशाखाले आगामी केही दिन तराई क्षेत्रमा गर्मीको प्रभाव अझ बढ्न सक्ने जनाउँदै मौसमसम्बन्धी नियमित सूचना तथा चेतावनीलाई ध्यान दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

वि.सं.२०८३ जेठ २३ शनिवार १०:२८ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...