back
CTIZAN AD

अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय बीज अवार्ड

वि.सं.२०७७ चैत २१ शनिवार

843 

shares

२१ चैत्र, चितवन । Congratulations : गैडाकोट नगरपालिका वडा नं २ स्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टलाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ ।

एक अमेरिकन संस्थाले अक्सफोर्ड कलेजलाई ‘अन्तर्राष्ट्रिय बीज अवार्ड २०२०’ मा छनौट गरको हो । शनिबार  कलेजमा आयोजित बिज अवार्ड तथा बास्केटबल उद्घाटन कार्यक्रमका अवसरमा कलेजलाई उक्त अवार्ड प्रदान गरिएको छ ।

कलेजले पढाईको गुणस्तर, म्यानेजमेन्ट, नेतृत्व र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अक्सफोर्डलाई छानेको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अवार्ड प्राप्त गरेकोमा कलेजलाई बधाई दिँदै शिक्षा बिना देश समृद्ध नहुने भन्दै कोरोनापछिको विषम स्थितिमा कलेज विद्यालयहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले सो अवसरमा कलेजमा नवनिर्मित अन्तर्राष्ट्रियस्तरका बास्केटबल कोर्टको उद्घाटनसमेत गरेकी थिइन् ।

पोखरा विश्वविद्यालयका उपकुलपति डा. प्रेम नारायण अर्यालले यो अवार्डले कलेजको मात्र नभएर विश्वविद्यालयकै गरिमालाई उँचो बनाएको बताए । साथै उनले सबै कलेजहरुले शिक्षाको गुणस्तरमा सुधार गर्दै लानुपर्नेमा जोड दिए ।

कलेजका प्रिन्सिपल हरि भण्डारीले कार्यक्रममा बोल्दै विश्वका १३० देशहरु मध्येबाट अक्सफोर्ड छनौटमा परेको जानकारी गराएका थिए । उनले अक्सफोर्डले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभनेको कलेजका लागि मात्र नभएर राष्ट्रकै प्रतिष्ठा र गौरवको विषय भएको बताए । उनले अवार्ड प्राप्त गरेपछि अझ जिम्मेवारी थपिएको बताए ।

कलेजले यसअघि जर्मन, अमेरिका, फ्रान्स, थाइल्याण्ड, भारत लगायतका संस्थाहरुबाट विभिन्न अवार्डहरु प्राप्त गरेको छ । सोही अवसरमा प्रिन्सिपल भण्डारीद्वारा लिखित सूचना प्रविधि, इकर्श र व्यवस्थापन सम्बन्धी ३ वटा पुस्तकको पनि विमोचन गरिएको थियो ।

वि.सं.२०७७ चैत २१ शनिवार १४:५४ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...