back

अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय बीज अवार्ड

वि.सं.२०७७ चैत २१ शनिवार

207 

shares
NTC AD
Global IME AD

२१ चैत्र, चितवन । Congratulations : गैडाकोट नगरपालिका वडा नं २ स्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टलाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ ।

एक अमेरिकन संस्थाले अक्सफोर्ड कलेजलाई ‘अन्तर्राष्ट्रिय बीज अवार्ड २०२०’ मा छनौट गरको हो । शनिबार  कलेजमा आयोजित बिज अवार्ड तथा बास्केटबल उद्घाटन कार्यक्रमका अवसरमा कलेजलाई उक्त अवार्ड प्रदान गरिएको छ ।

कलेजले पढाईको गुणस्तर, म्यानेजमेन्ट, नेतृत्व र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अक्सफोर्डलाई छानेको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अवार्ड प्राप्त गरेकोमा कलेजलाई बधाई दिँदै शिक्षा बिना देश समृद्ध नहुने भन्दै कोरोनापछिको विषम स्थितिमा कलेज विद्यालयहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले सो अवसरमा कलेजमा नवनिर्मित अन्तर्राष्ट्रियस्तरका बास्केटबल कोर्टको उद्घाटनसमेत गरेकी थिइन् ।

पोखरा विश्वविद्यालयका उपकुलपति डा. प्रेम नारायण अर्यालले यो अवार्डले कलेजको मात्र नभएर विश्वविद्यालयकै गरिमालाई उँचो बनाएको बताए । साथै उनले सबै कलेजहरुले शिक्षाको गुणस्तरमा सुधार गर्दै लानुपर्नेमा जोड दिए ।

कलेजका प्रिन्सिपल हरि भण्डारीले कार्यक्रममा बोल्दै विश्वका १३० देशहरु मध्येबाट अक्सफोर्ड छनौटमा परेको जानकारी गराएका थिए । उनले अक्सफोर्डले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभनेको कलेजका लागि मात्र नभएर राष्ट्रकै प्रतिष्ठा र गौरवको विषय भएको बताए । उनले अवार्ड प्राप्त गरेपछि अझ जिम्मेवारी थपिएको बताए ।

कलेजले यसअघि जर्मन, अमेरिका, फ्रान्स, थाइल्याण्ड, भारत लगायतका संस्थाहरुबाट विभिन्न अवार्डहरु प्राप्त गरेको छ । सोही अवसरमा प्रिन्सिपल भण्डारीद्वारा लिखित सूचना प्रविधि, इकर्श र व्यवस्थापन सम्बन्धी ३ वटा पुस्तकको पनि विमोचन गरिएको थियो ।

वि.सं.२०७७ चैत २१ शनिवार १४:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई...