back
CTIZAN AD

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

वि.सं.२०८३ जेठ ७ बिहीवार

1.4K 

shares

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा शिक्षक सरुवासम्बन्धी दिएको अभिव्यक्तिप्रति गाउँपालिकाले कडा प्रतिक्रिया जनाएको छ ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सांसद रेग्मीको अभिव्यक्तिलाई लक्षित गर्दै गाउँपालिकाले “केही आस्थाका भरमा” शिक्षा प्रणाली सञ्चालन भएको स्वीकार गरे पनि त्यो आस्था विद्यार्थीको स्वर्णिम भविष्य, जर्जर शिक्षा प्रणालीको रूपान्तरण र पारदर्शी शैक्षिक सुधारमा केन्द्रित रहेको स्पष्ट पारेको छ ।

गाउँपालिकाले “माननीयज्यूको पार्टीमा आस्था राख्ने शिक्षकहरूलाई विशेष व्यवस्था नै गर्नुपर्ने हो भने उहाँहरूको नाम पठाइदिनुहोस्, उहाँहरूलाई यसै बसेर तलब खुवाउने व्यवस्था गर्न गाउँपालिका हरसम्भव प्रयास गर्नेछ” भन्दै व्यंग्यात्मक शैलीमा जवाफ दिएको छ ।

पत्रमा गाउँपालिकाले संविधानले दिएको अधिकारभित्र रही शिक्षा क्षेत्रका आवश्यक निर्णय गरिएको उल्लेख गर्दै कानुनसम्मत सरुवालाई लिएर सांसदको अत्यधिक चासो देखिनु दुःखद भएको टिप्पणी गरेको छ ।

“विकास निर्माण र अन्य समस्याका हजारौं फोनहरूमध्ये यहाँलाई सरुवाको चिन्ता प्रमुख भएको देख्दा भोलि स्याङ्जा क्षेत्र नं. १ ले ठूलै मूल्य चुकाउनुपर्छ कि भन्ने आशंका भइरहेको छ,” पत्रमा उल्लेख छ ।

त्यस्तै गाउँपालिकाले “बोक्रो फेरिदैमाप भित्रि गुडी फेरिँदैन” भन्ने उखान उल्लेख गर्दै पार्टी परिवर्तनले सोच र चेतना परिवर्तन नहुने टिप्पणीसमेत गरेको छ ।

पत्रमार्फत गाउँपालिकाले सांसद रेग्मीलाई शिक्षक सरुवाका विषयमा टिप्पणी गर्नुभन्दा शिक्षकहरूले भोगिरहेका वास्तविक समस्याका विषयमा आवाज उठाउन आग्रह गरेको छ । साथै, सरुवा कसरी र कुन आधारमा गरिन्छ भन्ने विषयमा आफ्नै पार्टी नेतृत्वको सामान्य प्रशासन मन्त्रालयबाट सिक्न सुझाव दिएको छ ।

गाउँपालिकाले अन्त्यमा वास्तविक समस्या बुझ्न अर्जुनचौपारी आउन सांसद रेग्मीलाई खुला निमन्त्रणा समेत दिएको छ ।

 

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:४९ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...