back
CTIZAN AD

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

वि.सं.२०८३ वैशाख ३१ बिहीवार

264 

shares

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा समग्र शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको शैक्षिक सरोकारवाला अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा नगर क्षेत्रभित्रका शिक्षा क्षेत्रसँग सम्बन्धित सबै प्रमुख सरोकारवालाको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख हरि प्रसाद न्यौपाने को अध्यक्षता रहेको थियो भने उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, शिक्षा शाखा प्रमुख/सचिव राम प्रसाद शर्मा लगायत नगरपालिकाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा शिक्षा क्षेत्रका अनुभवी प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ तथा स्थानीय तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागी विद्यालयहरू मध्ये जनज्योती माध्यमिक विद्यालय का प्रधानाध्यापक मीन बहादुर दहाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रितम भुजेल, नेपाल नमुना माध्यमिक विद्यालय का प्रधानाध्यापक शिव देवकोटा, सकलादेवी माध्यमिक विद्यालय का प्रधानाध्यापक होमनाथ न्यौपाने, भिमसेन माध्यमिक विद्यालय का प्रधानाध्यापक अग्निधर भुसाल, तथा वरचुली माध्यमिक विद्यालय का प्रधानाध्यापक विश्वराज पौडेल सहभागी भएका थिए ।

यस्तै कार्यक्रममा जनज्योती नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पारस पौडेल, राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष श्याम शर्मा भुसाल, नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा समिति सदस्यहरू तथा देवचुली नगरपालिका अन्तर्गतका १७ वटै वडाका वडा अध्यक्षहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा SEE २०८२ को नतिजा विश्लेषण, विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयगत प्रगति, चुनौती तथा आगामी सुधारका रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, अभिभावक र स्थानीय तहबीच समन्वय अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

नगर प्रमुख हरि प्रसाद न्यौपानेले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको साथ–सहयोगकै कारण यस्तो उपलब्धि सम्भव भएको बताए । उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर छात्रवृत्ति, प्रोत्साहन कार्यक्रम तथा पूर्वाधार सुधारका योजनालाई निरन्तर अघि बढाइरहेको जानकारी दिए ।

उपप्रमुख पार्वता तिवारीले विद्यार्थीको समग्र विकासका लागि परीक्षा केन्द्रित शिक्षाभन्दा सीपमूलक तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले शैक्षिक नतिजा सुधारका लागि प्रशासनिक सहजीकरण र स्रोत व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले विद्यालयस्तरमा सिकाइ गुणस्तर सुधारका लागि नियमित अनुगमन, शिक्षक क्षमता विकास तालिम तथा मूल्याङ्कन प्रणाली सुधार आवश्यक रहेको बताए ।

विद्यालयका प्रधानाध्यापकहरूले आफ्ना विद्यालयका उपलब्धि, चुनौती र आगामी योजनाबारे प्रस्तुति दिएका थिए । उनीहरूले विद्यार्थीको सफलता पछाडि शिक्षक, अभिभावक र स्थानीय सरकारको संयुक्त प्रयास महत्वपूर्ण रहेको धारणा राखे ।

राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष श्याम शर्मा भुसालले अभिभावकको सक्रिय सहभागिता बिना शिक्षा सुधार सम्भव नहुने उल्लेख गर्दै घर–विद्यालय सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

नगरपालिकाका लेखा अधिकृत नारायण ढकालले शिक्षा क्षेत्रमा लगानी बढाउँदै पारदर्शी रूपमा स्रोत परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागी वडा अध्यक्ष तथा शिक्षा सरोकारवालाहरूले स्थानीय तहमा शिक्षा सुधारका लागि सामूहिक जिम्मेवारी र दीर्घकालीन योजनाको आवश्यकता रहेको बताए ।

कार्यक्रमको सहजीकरण नन्दलाल ढकालले गरेका थिए । सहभागीहरूले यस्ता अन्तर्क्रिया कार्यक्रमले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न र आगामी रणनीति तय गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३२ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...